बेलारुसका विपक्षी नेता तथा प्रदर्शनकारी नेतालाई ११ बर्ष कैद सजाय सुनाइएको छ । बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो । सेप्टेम्बर ६ सोमबारका दिन उक्त फैसला सुनाउदै बिपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ बर्षको कैद सजाय सुनाईएको छ।
उनले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको बिरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गरेकी थिइन् । गत बर्ष सम्पन्न निर्वाचनको बिषयमा कट्टर आलोचक समेत रहकोले उक्त कठोर सजाय सुनाइएको हो ।
कोलेस्निकोवा र अर्का विपक्षी कार्यकर्ता म्याक्सिम नाकलाई राजधानी मिन्स्कमा बन्द ढोका पछाडि आयोजित एक सुनुवाईमा चरमपन्थी र “असंवैधानिक तरीकाले राज्य सत्ता कब्जा गर्ने” षडयन्त्र गरेको आरोप लगाइएको छ। ”
जो लुकाशेन्कोको तानाशाही सरकारको विरोधीहरुद्वारा गठित समन्वय परिषदको एक प्रमुख सदस्य नाकलाई १० बर्ष जेल सजाय सुनाइएको छ ।
कोलेस्निकोवा, एक संगीतकारबाट कार्यकर्ता बनेकी हुन् । ती तीन महिला मध्ये एक थिइन्, जसले गत वर्ष प्रमुख प्रतिपक्षी उम्मेदवारहरुलाई राष्ट्रपति पदको दौडबाट प्रतिबन्ध लगाएपछि लुकाशेन्कोको बिरुद्धमा विपक्षीको अभियानको नेतृत्व गर्न सैन्यदलमा संलग्न भएको समाचार सिएनएनले लेखेको छ ।
प्रतिक्रिया