जर्वजस्ती सनाखत गराउँदै नेकपा एकिकृत समाजवादीका नेताहरु

इनेप्लिज २०७८ भदौ २१ गते १७:१२ मा प्रकाशित


कैलाली,भदौ २१÷नेकपा एमालेबाट निर्वाचित गौरीगंगा नगरपालिका वडा नम्बर १० कि वडा सदस्य मिना कठरियाले आफुलाई जवर्जजस्ती सनाखतका लागि दबाबहरु आएको बताउनुभएको छ।

एमालेबाट निर्वाचित वडा सदस्य मिना कठरियाले राती १२ बजेको समयमा समेत घरमा आएर भोलि सबै कागजातसहित धनगढी जाउ,मन्त्रीजीले बोलाउनुभएको छ,भन्दै प्रचण्ड र माधव नेपालका कार्यकर्ताले घरमा पुगेर पटक पटक दवाब दिएको बताउनु भएको छ।

मलाइ घरमा आएर दबाब दिन थाले,घर छोडेर बाहिर जादा समेत सोमबार सम्म उनिहरुले पिछा नछाडेको कुरा वडा सदस्य कठरियाले बताउनु भयो।
मलाइ झुक्याएर विभिन्न योजना हाली दिने लगायत विभिन्न प्रलोभन देखाएर एमाले छोडेर माधव नेपाल समूहको नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्न दबाब आएको भएपनि आफू भागेर उपप्रमुख अन्चला चौधरीको साथमा पुगेपछि सुरक्षा महसुस गरेको बताउनु भयो।

प्रदेश सदस्य तथा भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारीको निर्देशनमा जनप्रतिनिधिलाई समाजवादीमा सनाखतका लागि दवाब दिइएको पनि उहाँले बताउनु भयो।

गौरीगंगा नगरपालिकाकि उपप्रमुख अन्चला चौधरीले पनि मन्त्री दिर्घ सोडारीले तीन पटक फोन गरेको भएपनि आफुले वास्ता नगरेको बताउनु भयो।

उहाँका अनुसार समाजवादीमा प्रवेशका लागि वडाका अन्य तीन जना प्रतिनिधिलाई दबाब आउनुका साथ साथै उनीहरुले पिछा गर्न थालेपछि तीन जना त सोमबार दिनभरी जङ्गलतिर लुकेर बस्न बाध्य भएको आफुलाई जानकारी आएको समेत उपप्रमुख चौधरीले बताउनु भएको छ।

स्मरणरहोस् माधव नेपालले हालै गठन गरेको समाजवादी र माओवादीका नेता कार्यकर्ताले एमाले त्यागेर जवर्जस्ती समाजवादी पार्टीमा सनाखतका लागि दवावहरु दिइएको बताइएको छ।

प्रतिक्रिया