सखी प्रतिष्ठानले हिजो २०७८ भदौ २० ग्रीनल्याण्ड होटल,भक्तपुरमा सम्मान एवं तीज विशेष कार्यक्रमको आयोजना गरी सस्कृतिविद एवं साहित्यकार शशी थापा पण्डित,चर्चित गायिका टीका प्रसाईं र शिक्षासेवी लीला न्याइच्याईलाई सखी सम्मान प्रदान गरेको छ।
सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा सप्पन्न सो कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगको सूचना आयुक्त मा. कमला ओली रहनु भएको थियो।
कार्यक्रममा सखी प्रतिष्ठानका संरक्षक राधेश्याम लेकाली,समाजसेवीहरु माला खरेल, सङगीता शर्मा,पत्रकार संगीता सारथी,साहित्यकार नीता श्रेष्ठ आदिको उपस्थिति रहेको थियो।
सस्थाका उपाध्यक्ष कमला रिसालले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रमको संचालन महासचिव एल्सा झाले गर्नु भएको थियो।कार्यक्रममा सम्मानित एवं प्रसिद्ध गायिका टीका प्रसाईंले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा सहभागीहरुले सामुहिक गीत र नृत्यहरु प्रस्तुत गरेका थिए।
प्रतिक्रिया