विराटनगर,१८ भदौ ।विश्व बजारमा नेपाली विद्यार्थीहरुलाई दक्ष बनाइ उच्चस्तरको रोजगारी उपलव्ध गराउने उद्देश्यले विराटनगरमा स्नातक तहको अतिथि सत्कार व्यवस्थापन विषयको कलेज सञ्चालनमा आएको छ।
शिक्षा क्षेत्रमा अग्रणी रहेको आइएनजी ग्रुप’ले बेलायती विश्वविद्यालयको सम्बन्धनमा ‘विराटनगर इन्टरनेशनल कलेज’ले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीन बर्षे स्नातक तहको ‘इन्टरनेशनल होस्पिट्यालिटी म्यानेजमेण्ट’ विषय यस वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी दिएको छ। इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यवस्थापनमा सञ्चालन हुने कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल तथा विदेशमा तालीम तथा रोजगारीका लागि पठाउन विभिन्न संंस्थासंग साझेदारी गरेको ग्रुपका प्रमुख सुलभ वुढाथोकीले बताउनु भयो।
कलेजका प्रमुख कार्यकारी अधिकृत ऋषिकेश वाग्लेले नौलो विषयमा अध्ययन गर्ने गरी उत्पादन हुने विद्यार्थी विश्वका जुनसुकै देशमा रोजगारी प्राप्त गर्न सक्षम हुने जानकारी दिनु भयो।कलेजले गरीव तथा जेहेन्दार विद्यार्थीहरुका लागि केही स्थान आरक्षित गर्ने सोही अवसरमा बताइयो।
उक्त कलेज यस अघि मेरिल्याण्ड कलेज रहेकोमा अहिले इन्टरशेनल कलेजको पूर्ण स्वामित्वमा आएको कलेजका विकास दाहालले जानकारी दिनु भयो।ग्रुपबाट सञ्चालित कलेजबाट अहिलेसम्म चार सय विद्यार्थी दीक्षित भएका छन् भने चार सय अध्धयन गरिएका र ९५ प्रतिशत विद्यार्थी नेपाल तथा विभिन्न देशमा रोजगार एवं स्वरोजगार गरिरहेका छन्।
ग्रुपले इस्लिङ्टन कलेज काठमाण्डौ,हेराल्ड कलेज काठमाण्डौ,इन्फर्मयाटिक्स कलेज पोखरा,इटहरी इन्टनरशनल कलेज,विभिन्न सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी तथा अनलाईन लर्निङको ‘माई सेकेण्ड टिचर’समेत सञ्चालन गरिरहेको छ।
प्रतिक्रिया