के.पी.ओलीले तत्काल पुनःसंसद विघटन र संघीयता खारेज गर्नुपर्छ ।

इनेप्लिज २०७७ चैत २१ गते २:५८ मा प्रकाशित

अब केही दिनमा के.पी. शर्मा ओली नेतृत्वको सरकार धरापमा पर्ने भएको छ।यसकारण सदनमा माओवादीले एमाले लाई दिएको समर्थन फिर्ता लिनुभन्दा पहिले अर्थात के.पी. शर्मा ओलीले आफुले विश्वासको मत लिनु अघि नै चैत २३ गते पहिले तत्काल के.पी. शर्मा ओलीले पुनः संसद विघटन र संघीयता (प्रदेश सभाहरु) खारेज गरि दिनुपर्छ ।

बढी भु-भाग (हेक्टर) ओगटेको जग्गा विशाल मुलुकहरु अमेरिका,चाइना र भारत लगायतका मुलुकहरुका लागी संघीयता महत्त्वपूर्ण र उपयुक्त छ।हाम्रो मुलुक बिहार राज्यको पटना जत्तिकै छ।यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता छैन।संघीयताले हाम्रो मुलुकको आर्थिक भार थेग्न सक्दैन।संघीयता हाम्रो मुलुकको लागि घातक छ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा वडा नम्बर-०२

प्रतिक्रिया