राजा र सेनाहरु मिलि मुलुकको कार्यभार संभाल्नुपर्ने आवश्यकता छ।के विक्रम सम्वत २०६२/०६३ सालपछि मुलुकले पाउनुपर्ने निकास पायो ?
नेपाली सेनाहरु जति प्रजातन्त्र, लोकतन्त्र,गणतन्त्रवादी र भित्र भित्रै गोप्य रूपमा राजनीतिक दलहरु प्रति आस्था भएपनि राजनीतिक दलहरुका नेताहरूको सोच शाही सेनाहरु अर्थात राजाको नै सेनाहरु हो भन्ने रहेको पाइएको छ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रवादी हुनु नराम्रो होइन तर हाम्रो मुलुकका नेताहरूबाट नै मुलुकमा प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको दुरुपयोग गरियो ।दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो हाम्रो मुलुकमा दलीय व्यवस्थालाई खाने पेशा बनाई बार्गेनिङ गर्ने व्यापार गर्ने थलो बनाइएकोले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ।
अन्तर आत्मालाई साक्षी राखी वास्तविक रूपमा साच्चिकै भन्नुपर्दा विक्रम सम्वत २०६२/०६३ सालपछि मुलुकले निकास पायो सोच विचार र मनन गरौं ? यसकारण अब राजा र सेनाहरु मिली मुलुकको कार्यभार सम्भाल्नुपर्ने आवश्यकता देखिन्छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया