विराटनगर,२९ फागुन।प्रवासमा रहेका तराईका मोरङदेखि नवपरासी जिल्लामा बसोवास गर्ने सरदार बाँतर युवा समूदायका सदस्यहरुले गरेको सहयोगलाई प्रोत्साहन गर्न आज यहाँ सम्मान गरिएको छ।
हिमपत मिडिया हाउस प्रालिले प्रवासी सदर बाँतर युवा एकता समाज उत्थान केन्द्र,नेपालका सदस्यहरु एवं सो समुदायका कलाकारलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ।
केन्द्रका सदस्यहरुले मुलुक विभिन्न क्षेत्रमा अशक्तहरु,पिछडिएका,विपन्न समूदाय,भोका,नाङ्गाहरु र खर्चविहिन विरामीहरु उपचारका लागि मिडिया मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको छ।
भारतीय चलचित्र कलाकार नाफिक खान,रेडियो नेपालका गायक रामा मण्डल, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल र मिडियाका प्रधान सम्पादक प्रकाश नारायण झा,सम्पादक ÷प्रकाशक वीरेन्द्रकुमार साहले संयुक्त रुपमा कलाकारहरु ममता सदरदार सुमिका सरदारलाई सम्मान गर्नु भयो।
यसैगरी केन्द्रका अन्य सदस्यहरुलाई सम्मान गरिएको छ।
प्रतिक्रिया