प्रदेश १ मा कोभिड– १९ विरुद्धको खोप लगाउन शुरु–मन्त्री कार्की उद्घाटन

मनोज दाहाल २०७७ माघ १४ गते ११:०७ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,

प्रदेश नं १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा कोभिड –१९ विरुद्धको खोप लगाउन कार्यको शुरुवात गर्नु भएको।

कोशी अस्पताल विराटनगका मेडिकल सुपरीटेण्डेन्ट डा चुमनलाल दास र बरिष्ठ फिजिसियन चिकित्सक डा दीपक सिग्देललाई खोप लगाएर शुरुवात गरिएको छ ।

प्रदेशका आठ जिल्लाका आज १९ वटा खोप केन्द्रमा खोप लगाईने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर वस्नेतले जानकारी दिनु भयो ।

उहाँका अनुसार आज झापा,मोरङ,सुनसरी,धनकुटा,भोजपुर,उदयपुर,इलाम र तेह्रथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ।

मोरङमा पाँच,सुनसरीमा चार, झापा र इलाममा तीन÷तीन र अन्य जिल्लामा एक÷एक वटा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो।खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिई सकिएकाले आठ जिल्लाका १९ वटै केन्द्रमा कार्यक्रम शुरु भएको छ।

विहिबार चार र शुक्रबार दुई जिल्लामा खोपकार्यक्रम शुरु हुने वस्नेतले बताउनुभयो।

मन्त्री कार्कीले खोप कार्यक्रमको उद्घाटन गर्दै जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेको छ भन्दै आगामी केहि भित्र थप जनताका लागि खोप उपलव्ध गराउने विश्वास दिलाउनु भयो।

उहाँले प्रदेश सरकारले कोभिड नियन्त्रणमा गरेका कार्य अनुकरणीय रहेकोमा अन्य प्रदेशले अनुसरण गरेको स्मरण गर्नु भयो।

उहाँले कोरोनाबाट प्रदेशमा अत्यन्त कम मानवीय क्षति कम गर्नका लागि यस क्षेत्रका चिकित्सक,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको योगदानको प्रशंसा गर्नु भयो।

मन्त्री कार्कीले कोभिड विरुद्ध विजयी प्राप्त गर्ने कामको शुरुवात भएको चर्चा गर्दै जनताको स्वास्थ्य समाधानका लागि तीनै तहको सरकार सक्षम रहेको बताउनुभयो।

कोभिड विरुद्धको खोप लगाईसकेपछि कोशी अस्पतालका बरिष्ठ फिजिसिजन डा.दीपक सिग्देलले खोप सुरक्षित रहेकाले डराउनु नपर्ने बताउनुभयो।उहाँले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताउनुभयो।

पहिलो खोपलगाएको २८ दिनपछि दोश्रो खोप लगाए ५ महिना सम्म सुरक्षितरहन सकिने उहाँले जानकारी दिनु भयो।

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा नीजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी,सरफाईकर्मी सहित ३५ हजार ५७६ लाई खोप लगाईदैछ।

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया