प्रदेश नं १ मा आइपुग्यो नौ हजार ६०० भायल कोभिड–१९ खोप

इनेप्लिज २०७७ माघ १२ गते ११:११ मा प्रकाशित

विराटनगर,१२ माघ(रासस):

प्रदेश नं १ मा कोभिड –१९ विरुद्धको नौ हजार ६०० भायल मात्रा खोप आज आईपुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा पठाएको नौ हजार ६०० भायल मात्रा प्राप्त गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताउनु भयो।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा प्रदेश अन्तर्गतका १४ र प्रदेश नं २ का सिरहा र सप्तरी जिल्लाका लागि पनि खोप आएको उहो।

सुनसरी र मोरङ जिल्लाको खोप आज बुझिसकेको र अन्य जिल्लाहरुमा मङ्गलबार विहान पठाइने प्रशासकीय अधिकृत पराजुलीले जानकारी दिनु भयो।

प्रदेशका १४ जिल्लाका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी,महिला स्वास्थ्य स्वयंसेविका गरि ३४ हजार ८५१ जना र १४ वटै जिल्लाका ७२५ सरसफाई कर्मचारी गरि कूल ३५ हजार ५७६ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाइने छ।

प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुमा ताप्लेजुङका १४ हजार ३,धनकुटाका ८३१,उदयपुरका एक हजार २३७, भोजपुरका एक हजार १७६,मोरङका १२ हजार ५६, इलामका एक हजार ६९०,ओखलढुङ्गाका एक हजार ३६६,खोटाङका एक हजार ६००,झापाका चार हजार ९७७,तेह्रथुमका ७२३,सङ्खुवासभाका ९४९,सोलुका ६८६,सुनसरीका पाँच हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाईने अधिकृत पराजुलीले बताउनु भयो।

प्रतिक्रिया