नवधौलागिरी सहकारीको साधारणसभा सम्पन्न

इनेप्लिज २०७७ पुष २६ गते ४:२६ मा प्रकाशित


काठमाण्डौं ।नव धवलागिरी बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाण्डौको सामाखुशीमा अवस्थित सहकारीले कोभिड —१९ को जोखिमलाइ मध्यनजर गरि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा काठमाण्डौं महानगरपालिका वार्ड नं २६ का बार्ड अध्यक्ष ख्यामराज तिवारीले नेपाली अर्थतन्त्रमा सहकारीको महत्वपुर्ण योगदान रहेको बताउदै सहकारीमा करिब एक तिहाई योगदान रहेको समेत बताउनुभयो ।
बार्ड अध्यक्ष तिवारीले सहकारीले निक्ष्ोप संकंलन गर्ने ,ऋण प्रबाह गरेर सदस्य जिबनस्तर माथि उठाउनुका साथै सामाजिक क्षेत्रमा समेत उत्तरदयित्व बहन गरेको भन्दै प्रशंशा गर्नुभयो ।
सहकारीका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य भिमलाल पौडेलले सहकारीलाई सफल बनाउन सदस्यको पनि ठुलो भुमिका हुने बताउनुभयो । उहाँले सस्थाका सदस्यले शेयर सदस्यले पनि बचत गर्न तथा ऋण लिन आफु निकटका ब्यक्तिहरुलाई भनेर सहयोग गर्नुपर्ने औल्याउनुभयो ।
कोभिड १९ ले बिश्वकै अर्थतन्त्र धरासायी भैरहेको अवस्थामा पनि सहकारीले सदस्यहरुलाई प्रतिफल दिन सफल भएको भन्दै प्रशंशा समेत गर्नुभयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष धुब्रहरि ज्ञवालीले आर्थिक बर्ष २०७६÷०७६ मा सहकारीले गरेको उपलब्धि र भाबी योजना प्रगति प्रतिबेदन सहित भाबि योजना प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष ज्ञवालीले सहकारी सहकारिताको भावना ,मुल्य मान्यता ,अनुरुप सामाजिक हितका लागि अनवरतरुपमा लागि परेको बताउदै सहकारीको माध्यमबाट उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्दे सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासमा टेवा पुराउदै आएको बताउनुभयो ।
कोषाध्यक्ष सन्तोष अधिकारीले आर्थिक प्रतिबेदन र लेखा समिती सदस्य अम्बिका ज्ञवालीले लेखा प्रतिबेदन पेश गर्नु भएको थियो ।कार्यक्रममा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋण कारोबार गर्ने दुई जनालाई सम्मान पत्र ,खादा र नगदले सम्मान गरेको थियो ।
सहकारीले निकट भबिष्यमा कार्यक्षेत्र बिस्तार तथा सदस्य सुबिधा काउन्टर थप गर्ने सहकारीका प्रमुख कार्यकारी अधिकृत शुदर्शन अधिकारीले जानकारी दिनुभयो ।
सहकारीको निक्षेप संकलन आर्थिक बर्ष २०७५÷०७६मा ७ करोड ७२ लाख १३ हजार रहेकोमा आर्थिक बर्ष २०७६÷०७७ मा बृद्धि भई १० करोड ३० लाख २७ ह्जार पु–राउन सफल भएको छ । त्यसैगरि आर्थिक बर्ष २०७५÷०७६मा ९करोड ९८ लाख ९० ऋण प्रबाह गर्न सफल भएकोमा आर्थिक बर्ष २०७६÷०७७ बृद्धि गरि १३करोड ३१लाख ५०हजार पुराउन सफल भएको छ ।

 

 

प्रतिक्रिया