नेपालमा बिक्रम सम्बत १९९७ देखि नै जनआन्दोलन भै रहंदा देखिनै भ्रष्टाचार विरुद्धको लागि भनि नै जनक्रान्ति हुँदै आयो। अनि २०५० को दशकमा माओबादीको आन्दोलन पनि भ्रष्टाचार विरुद्ध नै भनेर आन्दोलन भयो। तर भ्रष्टाचार विरुद्धको आवाजको सट्टामा झन करोड होइन अरब अरबको भ्रष्टाचार भयो।
अरब अरबको भागबन्डा नमिलेर हो वा अरब अरबको भाग नपुगेर खरब खरब कमाउने दाउमा बिप्लवले अहिलेको आन्दोलन चर्काएका हुन्। अहिलेको एमाले सरकारमात्र होइन सबै पार्टी एक भए पनि जति बल प्रयोग गरे पनि यो रोकिने छैन। त्यो सानो बुद्धि र जनताको साथले मात्र रोक्न सक्छ।अरुले रोक्न सक्दैन।
कोरोना सरकार र दलहरुले चाहने हो भने एक महिनामा दुई तिहाई स्थानियमा र अर्को महिनमा ९० % स्थानियमा अनि तेश्रो महिनामा निर्मूल गर्न सक्छ। भ्रष्टाचारि सरकार,सरकरमा जाने आशे पाशे दलहरुले केहि गर्दैनन। भ्रष्टाचार गर्न सत्ता ढुकेर सोझा जनतालाई बेकूफ बनाउने मात्र हुन्।
अझ जुटेको, फुटेको र हिजो मात्र रसाएको बिबेकशील साझा दल झन् खतरनाक छ। अझ झूट आश्वाशन दिन लागि राखेको छ। जनता होशियार शर्तक हुनुपर्छ होइन प्रतिकार नै गर्नु पर्छ।
अहिले राजतन्त्र फिर्ताको लागि पनि मुख्य एजेन्डा भ्रष्टाचार विरुद्धको नै नारा छ। सबै पार्टीको मुख्य उदेश्यमा भ्रष्टाचार विरुद्ध लडिने छ र सो निर्मूल गर्ने छ भन्ने कुरा नलेखने कुनै दल छैनन। तिनीहरुको भ्रष्टाचार विरुद्धको आवाज दुई पटक सुन्न पाइन्छ। पहिलो ठूलो स्वरमा जनातालाई सडकमा उतार्न अनि अलि सानो मसिनो स्वरमा भोट माग्दा बाहेक सुनिदैन होइन। त्यसपछि तिनीहरुसंग भ्रष्टाचार विरुद्धको कुरा गर्दा ज्यानको बाजी राखेर नै गर्नु पर्ने हुन्छ।
जनताले केहि सिप नलागेर “मर्नु भन्दा बहुलाउनु बेश” बन्दै बिकल्पमा तिनीहरुले समर्थन गरेका हुन् । अनि नेपाली जनताहरु बेकूफ हुँदै दुखः लुटतन्त्रको मारमा परेका परै छन् । नेपालको नेपाली अभियानको त अभियान नै छैन सबै छ मतलब केहि छैन। भ्रष्टाचार विरुद्धको आवाज मात्र निकालेको भए सफल हुने थियो ।
खास उन्मूलन गर्नु पर्ने कुरा अपराध र भ्रष्टाचार हो। अपराधको कुरामा सीएनएन हिरो कोइरालाले ३० बर्ष गरेको सेवा गरेको कुरा लुकेको छैन। जति गरि पनि पुग्दैन। भारतीय सिमानामा माइती नेपालको उपस्थिति गराएर महिलाको देह ब्यापारको नियन्त्रण होइन संरक्षण गरेको छ।
नेपाली महिलाको माइती नेपालको अफिस संगैको घरमा देह ब्यापार भएको छैन ? माइती नेपालको उपस्थिति भएको नाकाबाट महिला ओसार पसार भन्न सक्छ। अहिले भारतमा भन्दा मध्ये पूर्वमा बढी महिला हिंसा भएको छैन? आर्थिक कारोबारको पारदर्शीताले मात्र यी अपराध र यस्ता अनेक निर्मूल हुन्छ नत्र हुँदै हुन्न। सी एन एन हिरोको ब्रान्डको ब्याज खाएर बस्ने बेला छैन ।
भ्रष्टाचार उन्मूलन गर्ने संस्था ट्रान्सपेरिसि नेपालले भ्रष्टाचार गरेको गुनासो दिनुस भनेर सरकार भ्रष्टाचार गर्ने अंग भएर बसेको छ। अनि सरकारको र अनुदान घुसुरेर बसेको पनि ३० बर्ष भै सक्यो। कहिले नेपालको आर्थिक कारोबार पारदर्शी गर्ने कसरि गर्ने सोचेको छ ? पारदर्शी गर्ने सुझाब घर्रामा सडाएर राखेको छ।
आर्थिक कारोबार पारदर्शी गर्ने हो भने विप्लब सुको नपाएर एक महिनामा धाराशाही हुन्छ। कसैले सितैमा आन्दोलन गर्दै गर्दैनन। आन्दोलनको लागि हातहतियार किन्न, पक्राउ पर्नेलाई छुटाउने घुस तथा विप्लब र आन्दोलनकारी परिवारको रवाफ साथ राखन यथेस्थ अप्रादर्शी धन नभई हुदैन।
आर्थिक कारोबार पारदर्शी गर्ने बाहेक अरु उपायले बिप्लवलाई परास्त गर्नु सकिदैन नेतृत्व पाएको बेलामा गर्नुस भने लेखेर भेटेन मौका न दिए पनि फोन गरेर भन्दा मित्र जी हेर्नु होला दुई महिनमा ठिक गर्छु भन्ने अझै बार्ता टोलीमा नै छन् होला। आफनो सुरक्षाको लागि बिपल्बलाई चन्दा दिएर थोत्रो ढाडस दिएर हिंडेका छन।
अहिले भ्रष्टाचार निर्मूलमा खतरनाक नेता भनेका र पार्टी बचाउने भनि सिधै पैसा नखाने अलि अलि पार्टी कार्यकर्ता ले दिएको खाने। चुनाब सिधै न लडेर वा निकै भ्रष्टाचार गरेर ठूलो रकम दिएर सामुनपातिकबाट संसदमा प्रबेश गर्ने।
२०४० को दशक तिर एउटा भाई बीकम पास गरेर भूत पूर्बक गभर्नर र डाक्टर अर्थ मन्त्रि कहाँ जागिरको जाँदा उनले ८ कक्षा पास गरेर आएको भनेको ताजै छ। मार्सी डाँडाको गुप्त बसाई, मार्सीको भातले आशिन भएकाले बालुवाटारको काण्डमा पारदर्शिता गर्नमा सफल ब्यक्ति बुटवल राजधानी साट्ने हाम्रा अर्थ मन्त्रि छन्। उनि चुनाब अघि दैनिक एक अर्ब भ्रष्टाचार हुने गरेकोमा कसरि दुई अर्ब गराउने तिर जोड तोड लागेका छन्।
चन्दा जनताको पैसा सरकारी कर्मचारी, ब्यापारी मन्त्रीहरुले समेतले दिइरहेका छन्। तिनीहरुले नै विप्लबलाई दिने चन्दाको नाउँमा लूट कोरोनको नाउँमा जस्तै लूट गरि राखेका छन्।
२०१७ सालमा डाक्टर इन्जीनियर जोड्दा एक सय थियो थिएन तर एउटा पनि चार्टर्ड एकाउनटेन्ट नै थिएन्। यति सारो भ्रष्टाचार थिएन। शिक्षित, भए पछि भ्रष्टाचार घटछ अझै भन्दै छन्। एकाउनटेन्ट, बैंकर तथा चार्टर्ड एकाउनटेन्ट बढी भए पछि आर्थिक कारोबार पारदशी हुन्छ भनेको खै ? झन् चार्टर्ड एकाउनटेन्ट संघ र संस्था नै हाम्रा अर्थ मन्त्रि कहाँसम्म कुरा गर्दैनन किन भने एक नम्बरी मात्र हिसाब राखने भने काम दाम कम हुन्छ रे।
के कुरा गर्नु सबै भन्दाको बढी अपारदर्शी गर्ने कुरामा कसले गर्छ भने सबै भन्दा बढी भ्रष्टाचार गर्ने एसियामा नेपाल एक नम्बर परे जस्तै नेपाली चार्टर्ड एकाउनटेन्टहरु पर्छन। होइन भने अहिले नेपाल भ्रष्टाचार गर्ने एसियामा नेपाल एक नम्बर परेको बेला मौन किन बसेको छ? आर्थिक कारोबार पारदशी गर्ने र गराउने जिम्मिवर लिएर अगाडी बढने कुरा कसैले नभने पनि गर्नु पर्ने हो तर संस्थाको केहि सदस्यको जायज आवज पनि सेफमा राखने चार्टर्ड एकाउनटेन्टहरु गरेका छन् ।
अन्तमा बिप्लवको जनआन्दोलन रोक्नको लागि अपराध र भ्रष्टाचार निर्मूल एक मात्र साधन आर्थिक कारोबार एकदमै पारदर्शी गराएमा सम्पूर्ण अपराध र भ्रष्टाचार निर्मूल हुन्छ। आर्थिक कारोबार एकदमै पारदर्शी गराउनु नै संजीवनी बुटी हो। आर्थिक कारोबार पारदर्शी गर्नुको लागि रु पाँच सय र रु हजारका नोटको चल्न चल्ती हटाएर बैंक मार्फत चेक, कार्ड, पे एप आदि उपयोग गरेर सबै आर्थिक कारोबार गर्नु नै बिकल्प हो।
अरु कुनै उपाय नै छैन। छ भने गर्नु पर्दैन लेखेर देखाउनुस । कहाँ कुरा गर्नु पर्छ आउनस कुरा बहस गरौँ। होइन भने किन जनतालाई दुख: दिनु हुन्छ। नोट हटाएर दैनिक रु एक अर्ब बराबरको अपराध र भ्रष्टाचार निर्मूल गरि एक तिहाई कर घटाउनुस ! त्यसमा तपाईहरुको यस लोक र परलोकमा कल्याण हुन्छ।
प्रतिक्रिया