नेपालमा एकैदिनमा १ हजार ९५४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन । बितेको २४ घण्टामा देशभर थप १ हजार ९ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले बुधबार जानकारी दिए ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ९६, भक्तपुरमा २९ र ललितपुरमा १ सय १८ गरी सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
डा गौतमका अनुसार ८ हजार २ सय ४८ जनाको पीसीआर (जाँच)भएकोमा १ हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ। जसमा संस्थागत एकान्तवास (आइसोलेशन)मा ७ हजार ७ सय ९ र गृह एकान्तवास (होम आइसोलेशन)मा ३१ हजार ९ सय ३४ रहेका छन् ।
साथै बिगत २४ घण्टामा थप २ हजार ९ सय ८१ जनाले कोरोना जितेका छन् भने यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।
यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८ सय ८७ पुगेको छ । बिगत २४ घण्टामा ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया