सिरियाद्वारा ट्रम्पसँगको ऐतिहासिक भेटलाई भव्य स्वागत

इनेप्लिज २०८२ जेठ १ गते ११:०६ मा प्रकाशित

सिरियाले राष्ट्रपति अहमद अल–शराआ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटलाई “ऐतिहासिक” भनी स्वागत गरेको छ। सिरियाली विदेश मन्त्रालयको वक्तव्य अनुसार, राष्ट्रपति ट्रम्पले “सिरिया अहिलेको गम्भीर मोडमा पुगेको बेला साथ दिने अमेरिकी प्रतिबद्धता” दोहोर्‍याएका छन्।

भेटका क्रममा अमेरिकी प्रतिबन्ध हटाउने र सिरियाको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानमा सहयोग गर्ने विषयमा विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ।

साथै, सिरिया र अमेरिका बीचको आतङ्कविरोधी साझेदारी बलियो बनाउने, र स्थायित्वमा बाधा पुर्‍याउने गैर-राज्य पक्षहरू तथा गैर-सिरियाली सशस्त्र समूहहरूको प्रभाव अन्त्य गर्न सहयोग गर्ने उपायहरूबारे पनि गहन छलफल भएको बताइएको छ।

उक्त भेटमा साउदी युवराज मोहम्मद बिन सलमान पनि उपस्थित थिए भने टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोगान दूरवार्ता (टेलिफोन)मार्फत जोडिएका थिए।

सिरियाली विदेश मन्त्रालयले आगामी दिनमा अमेरिकी विदेशसचिव मार्को रुबियो र सिरियाली विदेशमन्त्रीबीच भेटवार्ता हुने जानकारी समेत दिएको छ।

यो उच्चस्तरीय संवादलाई सिरियाले आफ्नो पुनर्निर्माण, आतङ्कविरोधी अभियान र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा लिएको छ।

प्रतिक्रिया