सिर्जना
दिव्यता र
मधुर
आनन्दकाे
महिमा
जीवनकाे बलियो हतियार
भयकाे निवारण
ईश्वरीय तत्व
मानवताकाे दाेस्राे नाम हाे
प्रेम
वसन्तमा पुष्पित
काेपिलहरुबाट
पत्र पत्र गुलाफ चियाए झै
उत्साहकाे रस बाेकेर
बज्छ दुन्दुभि बाजा
उदाउँछ भुवन भरिकाे शान्ति
फैलन्छ पुष्पपरागले वेष्टित
प्रेमकाे युग्मक
खाेज्छ प्रेमले प्रेमिल
कल्प वृक्षकाे छहारी
प्रेम मै लहराउछ
शितलताकाे ललित लहरा
केलव प्रेमकाे फुलबारीमा मात्र
हुर्कन्छ सत्चित
हिरण्य स्वरुपकाे प्रेम
ईर्श्या र वैरभावकाे
अन्त्य हाे प्रेम
आफ्नै अनुकुलताकाे अङ्गालाे
शाश्वत सत्य
ईश्वरकाे प्रतिनिधि
हाे प्रेम
स्वर्गकाे सुखानुभूति
सफलता र सिद्धान्तकाे
सुत्रपात
माङ्गलिक दुहिताकाे कपडा जस्तै
चाेखाे र पवित्र छ प्रेम
निर्मल र सधैं शुभ्र छ
प्रेम अतुलनीय छ
प्रेमकाे तुलना अन्त कतै
संभव नै छैन
दाज्न प्रेमकाे प्रणय
त्ससैले त प्रेम
अजेय अनि अपरिमेय छ
(-ऋषभदेव घिमिरे,गाेदावरी)
प्रतिक्रिया