कविता ‘परदेश बाट’

रजनी मल्ल,न्यू जर्सी ,अमेरिका २०७७ असोज २१ गते २३:२३ मा प्रकाशित

हे आमा तिमी पर्खेकी होलिन्, दोबाटो ढुकेर

हे बाबा तिमी रमाएको होला, भेटौला भनेर

हे प्रिय तिमी पर्खेकी होलिन्, शिरमा फूल सजाएर

हे बहिनी तिमी रमाएकी होलिन्, भाइ टीका सम्झेर।

 

ति छोरा छोरी सपना हेर्लान् बाबालाई सम्झेर

ति साथी भाई पर्खेका होलान रमाउला भनेर

 

ति सयपत्री, मखमली फूल, नाच्दछ रमाएर

सुस्तरी बहेको पवनले पनि, बोलाउछ सुसाएर

ति पाखा पर्वत ढुकेका होलान्, मलाई नै सम्झेर

कलकल गर्दै नदीले पनि, बोलाउछ बगेर।

 

यसपाली आमा लगाउला टिका, भिडियो मै हेरेर

आशिर्वाद पनि लिउला बाबा, अनलाईनमै भेटेर

यसपाली प्रिय बुझि देउ कुरा, परिस्थिति सम्झेर

छोराछोरीलाई पनि, सम्झाई देउ बरु, त्यहि कुरा भनेर।

 

बचाएको पैसा पठाई देउला बरु, ट्रान्सफर गरेर

त्यहि पैसा बाट पुर्याई देऊ इछ्या, उपहार सम्झेर

भाइ टीका पनि गरुला बहिनी,अनलाइन मै भेटेर

रमाइलो पनि गरुला बरु, भिडियो मै हेरेर।

 

हे छोरा छोरी, हे आमा बाबा, बुझ्छौ नि कोरोनालाई

सुरक्षित भइ राखे है ख्याल, आफु र अरुलाई

मै पनि आफ्नो राख्दछु ख्याल, भेट्न लाई सबैलाई

साथी लाई पनि भनिदिनु खबर, आउंछु नि अर्कै साल

यसपाली दशैमा तिनलाई पनि, गर्छु नि भिडियो च्याट ।

 

सात समुन्द्र पारि भए नि हामी, हेरौला एक अर्का लाई

त्यसैमा भए नि चित्त बुझाउला, हामी यसपालीलाई

बिगतका कुरा सम्झेर बेकारमा, नझार्नु आशुलाई

सबै मिलेर धन्यवाद देउ बरु, अनलाइन भिडियोलाई।

 

ति सयपत्री, मखमली फूल, नाच्दछ रमाएर

सुस्तरी बहेको पवनले पनि, बोलाउछ सुसाएर

ति पाखा पर्वत ढुकेका होलान्, मलाई नै सम्झेर

कलकल गर्दै नदीले पनि, बोलाउछ बगेर।

 

-रजनी मल्ल,न्यू जर्सी ,अमेरिका

 

 

 

प्रतिक्रिया