मैंले चाहेजति ‘म’
खुशी मैं बाच्न चाहान्छु अब
कल्पनाको सुन्दर संसार
कोरिरहेछु मनभरि
सुन्दर फूलहरू
अंकुरित गरेर
ढकमक्क फूलाउनु छ
आशाका बिऊहरू
उमारि रहेछु भावनाभरि
छरि रहेछु बेली र चमेली
सुन्दरता र सुवास
सँगसँगै मुस्कुराउने छन् जिवनभरि
पवनको झोकासँगै फैलिने छ
हर्रर वासना र सुघन्धित हुनेछ धर्तिभरि!
प्रेमका भावहरू
चिन्तन गरि चेतनाभरि
चिन्ताको जरा उखेल्दै छु
उत्साह र उमंगछरि
क्षितिजभरि पोतेर नौलो रंग
उत्साह फैलाई रहेछु हरघडी
चन्द्र छुने हौसलामा
नौलो विहानी मुस्कुराउने छ
कालसरि यो कालो रात
रंक्तिम सूर्यले भगाउने छ
म सँधै फूल्ने छु
रंगिन रंगहरू फैलाएर
मौलाइ रहनेछु
संसार ,हराभरा बनाएर
भौतिक यात्रा रोकिदैमा
मन कस्ले बाध्न सक्छ र मेरो
आशाको दिप वालेर
ब्रम्हाण्ड नै सजाउने छु म !
प्रतिक्रिया