म समय

नमूना,धुलाबारी झापा,नेपाल २०७७ भदौ १० गते २१:५० मा प्रकाशित

यशाेधरा
मेराे माैनताकाे चित्कार
कसैले सुने पनि
कतै नसुनिए पनि
कसैले महसुस गरे पनि
कतै नगरिए पनि
तिमीलाई विक्षिप्तताबाट
ब्युँझाउँदै बाैराउँदै गरेका स्पर्शहरु
म सम्झिरह्न्छु
तिम्रा आँखाबाट हरपल
बर्सिएका भेलहरुलाई
निमिट्यान्न पार्न नसके पनि
पिडा विस्मरणका अभ्यासहरु
तिमीलाई गराउने मै थिएँ
मध्यरातमा सिद्धार्थ तिमीलाई छाेडेर
खाेई सान्सारिक ज्ञान खाेज्न भनी हिँडेकाे देखेर
तिमीलाई नै सम्हाल्नु पर्छ भनेर
म पनि सम्हालिएकै हुँ
तर
सन्यासशास्त्रकाे नियमानुसार भिक्षादान लिन
सिद्धार्थ कपिलवस्तु घर आँउदा
यशाेधरा
भिक्षा स्वरुपमा तिमीले
राहुल जिम्मा लगाएकाे पल
मेराे आकाश चर्किएको हाे
फेरि
तिमीले पनि सबथाेक त्यागेर
उनकै पछि लागेर हिंड्दाकाे दृश्यले
म याे साेच्न बाध्य भएकै हाे
आखिर स्त्री काे मन के ले बनेकाे हुँदाे हाे??
मैले त्यस बखत देखि
नहिँडन चाहेकै हाे
मैले अडिन खाेजेकै हाे
तर विधाताकाे विधि नमान्न
कहाँ सकेँ र मैले
म त घनघाेर पिडामा पनि
हिँडिरहेकाे थिएँ
निरन्तर निरन्तर
त्यसैले त म समय भएँ
सबैले बलवान देख्ने
निरीह समय
म समय!

लेखक -नमूना,धुलाबारी झापा , नेपाल

प्रतिक्रिया