‘मेरो बुबा’

रजनी मल्ल न्यु जर्शी, अमेरिका २०७७ भदौ ३ गते १:५७ मा प्रकाशित

बुबा हजुरको शान्त अनुहार आँखा भरि आइरहन्छ
सबै सित नरम बोल्ने बानी हजुरको मुटुभरी छाइरहन्छ
सधै भरी तेजिलो अनुहार हजुरको ज्ञानको पाठ सिकाइरहन्थ्यो

सधै भरी बर्शिरहने आशिर्वाद हजुरको पूर्णताको आभास दिन्थ्यो।

शान्त सरल स्वभाब हजुरको धैर्यताको उपदेश दिन्थ्यो

उच्च विचार सिद्धान्त हजुरको अप्ठेरा परिस्थितिको

सामना गर्ने पाठ सिकाउथ्यो

झरना झैँ निर्मल मनले हजुरको

सगरमाथा झैँ शिर ठाडो राख्ने संदेश दिन्थ्यो

निस्छल निष्कपट मनले हजुरको

साहसको पाइला चाल्ने पाठ सिकाउथ्यो

हजुरको जिबनको यात्रामा हामीलाई

सधै माया र स्नेहको भागी बनाउनुभो

हजुरको जिबनको गोरेटोमा हामीलाई

इमान्दारी र मिहेनतको पाठ सिकाउनुभो।

हिजो झैँ लाग्दछ बुबा हजुर यो पृथ्बी लोकबाट टाढा जानु भा को

तर दशौ बर्ष भैसकेछ तर पनि हजुरको प्रेरणा

अनि सधै बगिरहने सम्झनाले सधै हाम्रो साथ हुनुहुन्छ झैँ लाग्छ।

रजनी मल्ल
न्यु जर्शी, अमेरिका

प्रतिक्रिया