तर्क संगत बाँचेका मान्छे यत्र तत्र
काँही परदेश काँही घर देश
काँही खेति काँही किसानी
काँही राजनीति काँही साहित्य
काँही ब्यापार /उद्योग धन्दा त
काँही जागिरे ! अरु के के के के ?
अस्त ब्यस्त र मस्त जीबन
छताछुल्ल पोखिएको
हाँसो रोदन र उन्माद बीचको जीबन
देखाउने र लुकाउने द्वैध चरित्र
यथार्थ र बास्तबिकता के हो कसलाई थाहा ?
जागिर खाने सबैले
किन भन्सार र बैदेशिक रोजगार बिभाग रोज्ने
राम्रो अड्डा पाउन जे सुकै गर्ने
चाहे अस्तित्व बन्धक राखेर होस् वा
अट्याची बुझाएर होस्
आखिर किन ? त्यहि पैसा पैसा !
अनि पैसा का लागि मरिहत्ते !!
राजनीति के साच्चै महान हो ?
चाहे कार्यकर्ताले तिरेको लेबी होस्
वा कमिसनको कुम्लो !
अनि बाँचुन्जेल मोह कुर्सिको
आखिर के का लागि ? मात्र पैसाका लागि !
के पैसा मात्र सबथोक हो ?
बिचरा परदेशी ! सबैमा काँहा लागु हुन्छ र बिन्दु !
परदेश गएर रातदिन पसिनाको खोलो बगाउने
बुढा बा आमा श्रीमती र लाला बालाको लागि
जोहो गर्नेको दु:ख कसलाई थाहा ?
तर परदेशको सपना पूरा गरिदिने
केहि न केहि बहाना रचेर
घरबार लिलाम र उठिबास लगाउने सम्मको पनि त कमि छैन !
अनेक तरहका बाहनाबाजी खोजि हिडछ मान्छे
अनाबश्यक प्रपंच रचेर
सिधा र सरल बाटो छोडेर
धारिलो हतियार उठाउन सम्म बाध्य हुन्छ मान्छे
आखिर के का लागि ? पैसा फगत पैसा ??
आखिर किन जँहा तँही जताततै
बिकृति र विसंगति !
हरेक बाहना बाजी गरेर पैसाका लागि कुद्छ मान्छे !
धर्म संस्कृति र संकार कता हराए पत्तै छैन
आफूजस्तो छ त्यहि सोच लादेर
किन अरुलाई पनि कुरूप बनाउछ मान्छे !
आखिर सहज ढंगले हिंडे पनि त चल्छ जिन्दगी !
नदीको बहाब झैँ सलल सलल !!
प्रतिक्रिया