मात्र एक कदम अझै
अब त किनारा होला
मेरो यो यात्रा को
कही त गन्तब्य होला
आकाश भन्दा तल
त्यो बादल भन्दा माथी
अली कती त रोशनी होला
यो अन्धकार मेटाउने
अली कती किरण होला
मात्र एक पहर अझै
यसपछि त किनारा होला
मेरो यो यात्रा को
कही त गन्तब्य होला
लक्ष्य लाई छेदन गर्ने
कही त तीर बाण होला
यो दन्कि रहेको भूमिमा
कही कतै त नीर होला
मात्र एक प्रहार अझै
यसपछि त किनारा होला
मेरो यो यात्रा को
यसपछि त गन्तब्य होला
जो गन्तब्य सम्म पुर्याओस
कतै पक्का त्यो गोरेटो होला
लक्ष्य अब टाढा नहोला
सहारा आफ्नै हिम्मत होला
मात्र एक प्रयास अझै
यसपछि त किनारा होला
मेरो यो यात्रा को
यसपछि त गन्तब्य होला
आफनो मन का आकाँक्षा अनि
कतै अनगिन्ती चाहना होला
उकालो ओरालो न आत्तिकिन
अब शीतल छहारी होला
मात्र अलिकति हिम्मत अझै
यसपछि त किनारा होला
मेरो यो यात्रा को
यसपछि त गन्तब्य होला
मात्र एक नजर अझै
अब त पक्काकै ईशारा होला
छल्केका दुई नयन मा
अब ख़ुशी को झिलमिल होला
मात्र एक आशीर्वाद अझै
यसपछि त किनारा होला
मेरो यो यात्रा को
यसपछि त गन्तब्य होला
कमजोर मेरो मन मुटु
अब पक्का मज़बूत होला
नहोला औशी को रात सधै
अब त झिलमिल पूर्णे होला
मात्र एक सान्त्वना अझै
यसपछि त किनारा होला
मेरो यो यात्रा को
यसपछि त गन्तब्य होला
कती अनकंटार काढे यात्रा
अब त फ़ुलबारी पनी भेटछु होला
सधै तातों धूप अनी खडेरी मात्र
अब त माया को बर्षात होला
मात्र एक नज़र अझै
अब पक्का इशारा होला
मात्र एक कदम अझै
अब त पक्का किनारा होला
भावना बिष्ट
सेलम
मैसचूसेट्स
अमेरिका
प्रतिक्रिया