सृजनशील मनहरु

बिमला निरौला,भर्जिनिया २०७७ साउन ७ गते २१:२४ मा प्रकाशित

आस्था, कर्म र समर्पणमा
लक्ष्य संकल्पेर
साहित्य साधना प्राप्तीका लागी
तपस्यारत यो पबित्र मन्दिर प्रांगणमा
सुन्दर भावना, निश्वार्थी मन र
कर्म रुपी थुङ्गाहरुले
मनको थाली सजाउने
पंतिबद्ध भक्तालुहरु ।

भाषा, साहित्य र ज्ञानका परमर्षीहरु
सद्भाव र सहकार्यको
प्रतिज्ञाले बाँधीएर
बिस्वासको उज्यालोले
धमिला बादलहरु फटाउँदै,
कन्चन र कोमल मनले
शब्द रुपी ताराहरु
भावनका आकासबाट टिपेर
निस्वार्थको सुन्दर माला
जगत सौगातको
उदेश्यका साथ
आत्मियता र
भरोशामा हातेमालो गर्दै
सुनौलो बिहानीलाई
सुस्वागत गर्न पर्खि रहेका
सृजनशील चाहना ।

पराया भुमी बिच
भातृत्वको मधुरसले
हृदयको संवेदनालाई
शितल पार्दै,
तातो-चिसो, अगाडी-पछाडी
र विजय-पराजयको
क्षणीक स्वप्न भन्दा माथि
धुर्मिला बाछिटाहरु
टक ट क्या ऊँ दै
एकतामा बाधिंदै,
भौगोलिक सिमा नाघेर
मन मा मन मिलाएर
श्रद्धाका साथ जुटौं र
साहित्य अधिरोहणको
सुनौलो इतिहास रर्चौं,
हे ।
सृजनशील मनहरु ।।।

-बिमला निरौला

“भर्जिनिया

प्रतिक्रिया