प्रदेश नं १ मा कोभिड–१९ बाट २८ जना सङ्क्रमित– अवस्था सामान्य

मनोज दाहाल २०७७ वैशाख १० गते २०:५० मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१० वैशाख । प्रदेश नं १ मा आजसांझ ८ वजेसम्ममा दुई महिला सहित २८ जना कोभिड–१९ परीक्षणमा पोजेटिभ सङक्रमित भएको पाइएको छ।

प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार यसरी कोभिड–१९ पोजेटिभ पुष्टि भएका मध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय रहेका छन्।

उनीहरुकोे उदयपुर जिल्लाको त्रियुगा नगरपालिका –३ भुल्केबाट थ्रोट स्वाब नमूना सङ्ंकलन गरि परीक्षण गरिएको हो।

निजहरुको उपचार विराटनगर–१० स्थित कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्रमा भइरहेको छ ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

यसैगरी आजसम्म ८२३ जनाको स्वाब(पिसीआर)वाट कोभिड–१९ को परीक्षण गरिएको छ भने दु्रतगतिको आरडिटीवाट तीन हजार ५९२ जनाको रगतको नमूना सङकलन गरिएको सूचना डेक्सले जनाएको छ।

यस्तै प्रदेश अन्तर्गतका विभिन्न स्थानमा रहेका आइशोलेसन शैय्यामा वस्नेहरुका संख्या ३४ रहेको छ भने क्वारेन्टाइनमा एक हजार ७० जना वसिरहनु भएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया