सिउल, कोरिया । कोरोना एक पटक निको भएपछि दोहोरिदैन भनिए पनि दक्षिण कोरियामा १६३ जनामा पुन संक्रमण देखिएको छ ।
कोरियाको रोग तथा नियन्त्रण केन्द्र (केसीडीसी)ले स्वाथ्य अधिकारीहरुले कसरी संक्रमण दोहोरियो भन्ने रहस्यको खोजी गरिरहेको उल्लेख गरेको छ । चीनमा पनि कोरोना संक्रमण पुन देखिएको उल्लेख छ तर आधिकारिक तथ्यांक भने छैन ।
दक्षिण कोरियामा कोरोना संक्रमण पुन दोहोरिनेको प्रतिशत भने २.१ मात्रै रहेको उल्लेख छ ।
(स्रोत : सीएनएन)
प्रतिक्रिया