हामी जनतालाई ति सबै सबै प्यारा !

रामप्रसाद खनाल २०७६ फागुन १९ गते २:२४ मा प्रकाशित

ओलीदाईलाई बिष्णु र गोकुलहरु प्यारा
छबिलालदाइलाई छोरी बुहारी र कृष्णहरु प्यारा
शेरबहादुर दाइलाई भ्रस्ट गच्छेदारहरु र
इट्टाभट्टामा हालेर मान्छे मार्ने आलमहरु प्यारा
बाबुराम दाइलाई उपेन्द्र यादबहरु प्यारा
कमलदाइले कुर्सी पाए काङ्रेस एमाले माओवादी सबै प्यारा
कुर्सी नपाए हिन्दू धर्म, सँस्कृती, राजा र गाई प्यारा
भैयादाइहरुले कुर्सी पाए कुर्सीहरु प्यारा
नपाए लाजिम्पाट, लालु यादब र मोदीहरु प्यारा
ठुला राजालाई मन्दिरका घण्टहरु प्यारा
साना राजाहरुलाई पिर्का, कुर्सी र टेबल प्यारा
ठेकेदारहरुलाई ठुला नेताहरु प्यारा
नेताहरुलाई जनता होइन मार्सीबादीहरु प्यारा
हामी जनतालाई ति सबै सबै प्यारा !
चुनाव चिन्ह सूर्य, रुख, पन्जा, गाई झन प्यारा !!

– रामप्रसाद खनाल

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया