देशमा अजन्य हत्याले चरम सिमा नाघेको छ ।
नेपाल आमाको र सतिको श्राप लागेको छ ।।
अख्तियार र अनुसन्धान कर्ता कठपुतली बने ।
पशु जस्तै मान्छे मार्दै ज्यानमारा भागेको छ ।।
ठुला धनिको घरमा बर्बर हत्या हुदा खुल्न सकेन
पुलिस प्रशासन न्यायलय किनेर राखेको छ
मिडिया बर्गहरु भुक्छन मात्र यस्तो र तेस्तो भन्दै
लास माथि राजनीति गर्ने भ्रष्टे माफिया तातेको छ
गरिब लाई नचाहिदो ऐन र कानुन ठुलालाई चैन ।।
सडकमा र्यालि गर्दै कानुन माग्दै जनता थाकेको छ ।।
हत्या गर्ने लाई फाँसी दिने कानुन बना सरकार
देश र घर-घरमा हत्या हिंसा बलत्कार जागेको छ।
हाल न्युयोर्क अमेरिका ।।
प्रतिक्रिया