एनआरएनए कतारको महासचिवमा लोकमायाँको उम्मेदवारी

इनेप्लिज २०७६ साउन १५ गते १३:५८ मा प्रकाशित

ईनेप्लीज , दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको महासचिव पदको लागि लोकमाया क्षत्री ‘माया केसी’ ले आफ्नो उम्मेदवारी दिने भएकी छन ।

समाजिक संजाल फेसबुक मार्फत उनले एनआरएनए कतारकोे २०१९–०२१ कार्यकालको लागि महासचिव पदमा आफ्नो उम्मेदवारी दिने जनाएकी हुन ।

केसीले आगामी २३ अगष्ट २०१९ दिन हुने एनसिसि महाधिवेशनले सक्षम, निष्पक्ष र समाजलाई सही दिशा तर्फ निर्देश गर्न सक्ने कार्यसमिती चयन गर्ने कुरामा ढुक्का रहेको बताउदै महाधिबेशनलाई पूर्ण रुप दिनको लागि सम्पूर्ण परिषद सदस्य र समाजका अग्रज व्यक्ति सबैलाई आग्रह समेत गरिन ।
उनले भनिन भोलीका दिनमा आफूलाई महासचिवमा विजयी गरेको खण्डमा वैदेशिक रोजगारीलाई मर्या्दित र ‘आइपरेका र संभावित समस्याहरूलाई निराकरण गर्न प्रयत्न गर्ने समेत बताएकी छन ।

केसीले नेपाली भाषा, कला, साहित्य, साँस्कृतिक तथा खेलकुद अभियानमा अन्तर्रा्ष्ट्रिय तवरले भूमिका निभाउने भुमिका खेल्ने साथैे कतारको सरकारी संयन्त्रसंग नेपाली समुदायको समन्वय बढाउने वचन समेत दिइएकी छन ।

२०११ देखि परिषद सदस्य रहेकी केसी २०१७–०१९ कार्यकालमा युवा संयोजकको नेतृत्वको अनुभव बटुल्दै हाल भने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१९–०२१ को लागि महासचिव पदमा उम्मेद्धारी दिन लागेकी हुन ।

यस्तो छ केसीको उम्मेदवारी घोषणा

 – – – हार्दिक निवेदन – – –

समाजका आदरणीय अग्रज ज्यूहरु, सामाजिक अभियन्ता ज्यूहरु, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका परिषद सदस्य ज्यूहरु, पत्रकार ज्यूहरु तथा कतारमा रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु
सम्पूर्णमा नमस्कार,

गैरआवासीय नेपाली संघको कार्यकाल २०१९-२१ का लागि परिषद सदस्यता लिनु भई यस साझा अभियानमा सम्मिलित हुनु भएकोमा यहाँहरु सम्पूर्णमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु ।

२०१७-१९ कार्यकालमा युवासंयोजकको भुमिकामा जाँदै गर्दा मेरो सामाजिक यात्रालाई सहज बनाउन समन्वयकारी भुमिका निभाउनु हुने विभिन्न तप्का तहका आदरणीय व्यक्तित्वहरुलाई साथ र सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्दछु।

२०११ देखि परिषद सदस्य र समाजको जिम्मेवार नागरिकको हैसियतले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सामाजिक कार्यहरुमा लागिरहेको म २०१७-१९ कार्यकालमा एउटा विभागसँगै सिङ्गो कार्यसमितीसँग रहेर कार्य गर्दा अझ अगाडी बढेर आफ्नो क्षमताले भ्याएसम्म समाजको हरेक क्षेत्रका हितमा काम गर्ने आत्मबल बढेको छ। यसको श्रेय पूर्णरुपमा यही समाजलाई दिन चाहान्छु।

कार्यसमितीमा रहेर युवासंयोजकको भुमिका निर्वाह गर्दै गर्दा यो यात्राका दौरान सम्पादन गरेका कार्यको आयामिक निरन्तरता, बटुलेका अनुभव, सिकेका सीपलाई फेरी एकपटक यही सँस्थामा लगाएर सामाजिक जिम्मेवारीमा लाग्ने हेतुले अबको नयाँ कार्यकालमा पनि कार्यसमितीमा रहेर काम गर्ने सोच बनाएको छु।

यसर्थ, कतारमा रहनुभएका आदरणीय वुद्धिजिवी तथा सामाजिक अभियन्ता ज्यूहरु, विभिन्न संघ संस्थाहरुमा आवद्ध अग्रज ज्यूहरु, गैरआवासीय नेपाली संघका अभियन्ता ज्यूहरु, आदरणीय मित्रहरु तथा सम्पूर्ण शुभेच्छुकहरुको साथ, सल्लाह र सुझावलाई शिरोपर गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१९-२१ को लागि महासचिव पदमा उम्मेद्धारी दिने निर्णय गरेको छु ।

कुनै पनि लक्ष्य सम्म पुग्नको लागि साथ अनि सल्लाहको जरुरत पर्दछ। यस्तै साथ, सल्लाह-सुझाव र सहयोगमा सकारात्मक सोचका साथ आफ्नो क्षमताले भ्याए सम्म सौहार्दपूर्ण वातावरणमा निष्पक्ष रुपमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै यहाँहरुको पूर्ण सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।

अन्तमा,
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय महाधिवेशन कार्यतालिका अनुसार २३ अगष्ट २०१९ मा नयाँ कार्यसमिती चयनका लागि निर्वाचन र ३० अगष्ट २०१९ का दिन महाधिवेशन हुने बारे सुचना प्रकाशित भई सकेको छ। यस महाधिवेशनले सक्षम, निष्पक्ष र समाजलाई सही दिशा तर्फ निर्देश गर्न सक्ने कार्यसमिती चयन गर्ने कुरामा म विश्वस्त छु र यस अभियानलाई पूर्ण रुप दिनको लागि सम्पूर्ण परिषद सदस्य ज्यूहरु र समाजका आदरणीय अग्रज ज्यूहरुले उल्लेखनिय भूमिका निर्वाह गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु ।

मेरो कार्यक्षेत्रको निरन्तरता बाहेक विशेष रुपमा स्थान दिएर यि बुँदाहरुमा काम गर्ने कोशीस गर्ने छु :

🔸 वैदेशिक रोजगारीलाई मर्यादित वनाउन तथा आइपरेका र संभावित समस्याहरुलाई निराकरण गर्न प्रयत्न गर्नेछु ।

🔸 युवा र महिलाको सशक्तिकरण साथै श्रमिकहरुको सीप विकासका लागि समन्वय गर्नेछु ।

🔸 नेपाली भाषा, कला, साहित्य, साँस्कृतिक तथा खेलकुद अभियानमा अन्तरराष्ट्रीय तवरले भुमिका निभाउने छु।

🔸 कतारको सरकारी संयन्त्र संग नेपाली समुदायको समन्वय बढाउने कोशीस गर्ने छु।

🔸 कतारमा कार्यरत अन्य देशका सामाजिक संघ संस्थाहरु संग समन्वय र सहकार्यका लागि पहल गर्नेछु ।

🔸 एनसिसिले विगतमा अवलम्वन गरेका नीति तथा नियमावलीहरुको संरक्षण, संवर्द्धन र निरन्तरता साथै परिस्कृत गरि समय सापेक्ष वनाउनेछु ।

धन्यवाद ।

लोकमाया क्षेत्री – (माया के.सी.)
परिषद सदस्य नं. QA0000010
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको
२०१९-२१ कार्यकालको लागि महासचिव पदको आकांक्षी ।

प्रतिक्रिया