परराष्ट्र नीतिमा साझा दृष्टिकोण बनाउन राष्ट्रिय संवाद भाेलि

इनेप्लिज २०७६ असार १३ गते १२:०५ मा प्रकाशित

काठमाडाैँ, १३ असार । देशले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिका सम्बन्धमा साझा दृष्टिकोण तयार पार्ने उद्देश्यले राष्ट्रिय संवाद भोलि हुने भएको छ ।

सरकारले परराष्ट्र नीतिका सम्बन्धमा पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले आयोजना गर्ने कार्यक्रम काठमाडौँको नागपोखरी, नक्सालस्थित काठमाडौँ म्यारियट होटलमा बिहान पौने ९ बजे उद्घाटन हुनेछ ।

कार्यक्रम नेपालका राजनीतिक दलहरू, परराष्ट्र मामिला क्षेत्रमा अध्ययन अनुसन्धानरत संस्थाहरू एवं परराष्ट्र मामिला विज्ञहरू सहभागी हुनेछन् । संवादको उद्घाटन सत्र १ घन्टा चल्नेछ । सत्रलाई प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले सम्बोधन गर्नेछन् ।

कार्यक्रमममा मुख्यतया ४ वटा विषयमा छलफल हुनेछ । दुई सत्रमा परराष्ट्रमन्त्री ज्ञवाली, १ सत्रमा अर्थमन्त्री युवराज खतिवडा र अर्को १ सत्रमा पूर्वपरराष्ट्र मन्त्रीहरु नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादवलगायतको प्रस्तुति रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया