सेनाको स्कुल बस दुर्घटनामा तीन सैनिकसहित २८ घाइते

इनेप्लिज २०७१ माघ १ गते ७:१८ मा प्रकाशित

दमौली, १ माघ । पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्ला गण्डकी नगरपालिका–९ स्थित मालेबगरमा नेपाली सेनाको स्कुल बस आज बिहान दुर्घटना हुँदा तीन सैनिकसहित २८ जना घाइते भएका छन् ।

कक्षा १२ मा पढ्ने विद्यार्थीलाई शैक्षिक भ्रमणमा लैजान पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१ग २२४६ नं को स्कुल बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । दुर्घटनामा परी घाइते हुनेहरुको गण्डकी अञ्चल अस्पताल पोखरामा उपचार भइरहेको छ । उक्त बस अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खेतमा खसी दुर्घटना ग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया