बाल्टीमोरबासीको सपना “सामुदायिक भवन” वा “मन्दिर” ?

इनेप्लिज २०७४ पुष २४ गते २०:३३ मा प्रकाशित

महेश भट्टराई ,बाना बाल्टीमोरको पुरानो संस्था ! संस्था आफैमा खराब कहिल्यै हुदैन ।नेतृत्बको कमि कमजोरी कै कारण लगभग बिलयमान हुन बाट बाना जोगिएको छ । एनआरएन मेरिल्याण्ड च्याप्टर ले सामुदायिक भवन बनाउने काम अघि वढाउन टाउनहल मिटिड गरे संगै सबै नेतृत्व एकैपटक तातिए । उक्त मिटिड फरक फरक धारणा र केहि कडै छलफल भयो । सबैको आसय बाना र एनआरएन मिलेरै बनाउनु पर्छ भन्ने नै थियो ।

त्यही जनादेश लाई मानेर वा चुनाबको तातो लागेर हो l बाना र एनआरएन र समुदायका सबै संघ संस्थाका प्रतिनिधी मिलेर नया संस्था नेपाली कम्युनिटी सेन्टर एनसीसीको जन्म भयो । के होला र कसरी अगाडी बढ्ला भन्ने दुबिधा र भ्रम चिर्दै एनआरएन र बानाका दुबै अध्यक्ष्यले संयुक्त बक्त्तब्य निकाली सबै संघ संस्थाहरूलाई समेटेर लैजाने प्रतिबद्धता ब्यक्त समेत गरियो ।

दुई चार बैठक भए र मिठा तिता कुरा भए, सपना देखाइयो । बाना र एनआरएन चुनाब सकिए पछि संस्थाको नेतृत्व पनि सकियो । नेतृत्वको आ -आफ्नै अहंमकारले एनसिसी सकियो ।

यस्तै धेरै अनुभव देखिरहेका र भोगिरहेकाकेहि उत्साही युवाहरूको समुहले बाल्टीमोरमा मन्दिर बनाउने कार्य अघि बढाए । शुरूमा सानो ठाऊ किन्ने निर्णय भएता पनि भगवानको आशिर्बाद नै मान्नु पर्छ एकतिस रोपनीको महल सहितको स्वंयम्भुको डाडो नै हात पर्यो ।

एकातिर मन्दिर अर्कोतिर सामुदायिक भवन दुबै बन्ने कुराले बाल्टीमोरबासी सबै निक्कै उत्साहित देखिए । जब कुरो मन्दिर र भवनको आयो तब बाल्टीमोरबासी दुई समुहमा बिभक्त भए । मन्दिर समुहका युवाहरूको तर्क रह्यो – नेतृत्व बर्गहरू धेरै नै स्बार्थी र पद लोलुप मै अल्झी रहे यीनिहरू बाट केहि काम हुन सक्दैन र गर्दैनन पनि । यीनीहरूको नियत र इमान्दारितामा नै खोट छ । खोट देख्नेहरू संग सहमत हुने हरू नेतृत्वमा उत्रे । भगवानमा प्रति आस्था र विस्वास हुने हरूले यीनै युवाहरू लाई साथ दिए । मन्दिरलाई पूर्ण रूप दिन मर्मत संभार र मुर्ति ब्यबस्थापनमा स्यंमसेबक हरू लागि परेका छन । निकट भबिष्यमा महायज्ञ गरि थप रकम संकलन गर्ने घोषणा गरि सकेको छ । वानामा पनि नया नेतृत्व चयन संगै जसरी पनि समुदायिक भवन बनाउनु पर्छ भनेर लाग्यो ।

सामुदायिक भवन बनाउने बारे नेतृत्व बर्गबाट देखाइएको सपना लामो समय पछि बल्ल पुरा भएको छ । मन्दिर समुह संगको ईश्या र प्रतिस्प्रधा ले पनि केहि उर्जा थप्यो ।पुरानो र सानो भए पनि भवन किनियो । कम्तिमा आफ्नो अफिस र ८०-१०० भेला हुने ठाऊ बन्यो । यसलाई खुला हृदयले सबैले प्रशंशा गर्नै पर्छ ।थप रकम संकलन गर्ने काम जोडतोडका साथ भै रहेको छ ।

मनको कुरा :

मन्दिरको क्षेत्रफल ३१ रोपनी जंग्गामा एउटा कुनामा सामुदायिक भवन किन अट्न सकेन ? मन किन खुल्न वा खुलाउन सकिएन ? त्यो बाकि जग्गाको सदुपयोग के का लागि ? मनै भित्रबाट ब्यापक छलफल किन गरिएन । आखिर मन्दिर वा सामुदायिक भवन दुबैमा पैसा त हाम्रो वा बाल्टीमोरबासी कै गएको छ ।
दुबै हाम्रै सामुदायिक संम्पत्ती नै हो ।

धेरै समुदायबासीको चाहना र आबस्यकता मन्दिर भन्दा बढी सामुदायिक भवनको नै थियो । किन नेतृत्ववर्ग र अन्य संघसंस्थाका प्रतिनिधी र बुद्दिजीबीहरू मरिच झै खुम्चेर बसि रहे ? किन कोहि खुलेर बोलेनन ? यो अबस्था रातारात आएको हुदै होइन।नेतृत्व लिने संबैले आफ्नो कमी कमजोरी र उत्तरदायित्ब को भाग लिनै पर्छ ।

यदि भवनमा लगाइएको तिन लाखमा मन्दिर जग्गा भित्र सामुदायिक भवन बनाइएको भए ४०० -५०० सम्म अट्ने आधुनिक भवन बन्ने थियो । जसको निकास र पार्किड समेत अलग्ग मिलेको ठाऊ थियो । यो शंभव थियो र एक भएमा अझै पनि भबिष्यमा बनाउन सकिने शंभावना ताजै छ ।

जनसमुदायको बिचारमा उत्तर एउटै हुनसक्छ :

केहि नेतृत्व बर्ग भित्र भएको अहंमकार,उच्च महत्वकांक्षा र अदुरदर्शिताको कारण यस्तो भयो ।

जे होस हामी धेरै अगाडि बढी सकेका छौ । केहि सहयोग गर्न सकिदैन भने कसैले कसैको खुट्टा तान्ने काम नगरौ । कुरा काट्न र भाषण गर्न जति सजिलो छ, काम गर्न सजिलो भने पक्कै छैन र हुदैन पनि । सबैले काम स्बयसेबको रूपमा नै गर्ने हो ।गर्नेको आदर सम्मान गर्नै पर्छ ।सबै संघ संस्थाहरू एक भएर काम गर्नु नै आजको आवस्यकता हो ।
असल र राम्रो कामको लागि स्वच्छ्य प्रतिस्प्रर्धा हुनु राम्रो कुरा नै मान्न सकिन्छ ।
हाम्रोलाई राम्रो नभै राम्रोलाई राम्रो भन्ने हिम्मत र सोच्ने मानसिकताको बिकास सबैमा हुन सकोस ।
सकारात्मक सोच राख्नेहरूको लागि मन्दिर र भवन दुबै हातमा लड्डु नै हो ।
दुबै हाम्रो सामुदायिक संम्पत्ती हो । दुबैलाई सहयोग र सम्मान गरौ ।
दिर्घकालिन योजनाको रूपमा ४००-५०० अट्ने सामुदायिक भवन मन्दिरको जग्गा मा नै एक भएर बनाउने सोच सबैले बनाऔ ।

२०१८ को आगमन संगै हामी मेरिल्यान्डबासीको सुनौलो भबिष्य कोरिन सफलता मिलोस !

सबैलाई शुभकामना !!!

 

प्रतिक्रिया