विश्व बाल दिवस को उपलक्ष्यमा काठमाडौँ मा पनि बिभिन्न कार्यक्रमको साथ सम्पन्न भएको छ l उक्त विश्व बाल दिवस काठमान्डूका पूर्व प्राथमिक बिद्यालयहरुमा अल्फाबेट प्रि स्कुल ,बेबी ब्लुम किन्डरगारटेन , कवि केयर प्रि हाउस , जुजु गार्डन् अाेफ किड्स ,हेमरिक प्रि स्कुल , हेप्पी अावर प्रि स्कुल लगायत सांग्रिला अनाथालय गृहका करिव ७० जनाकाे सहभागिता रहेको थियो l
अापसी मेलमिलाप र सामुहिक गतिबिधिबाट बालबिकासलाई प्रवर्द्धन गर्ने कार्यक्रमको मुख्य उद्देस्य रहेको शिक्षिका माया थापाले बताइन l थापाले विभिन्न कार्यक्रम गतिबिधिहरुमा सामुहिक खेल ,गीत प्रस्तुतिको साथै उपहार अादान प्रदान समेत गरिएको थापाले जानकारी दिएकी छिन् l
उक्त विश्व बाल दिवसको कार्यक्रमको आयोजना तथा कार्यक्रम संयाेजक ईसीईपी अर्थात् अर्ली चाइल्डहुड एजुकेसन प्राकटिसनर्स ले गरेको थियो l ईसीईपी एउटा अनाैपचारिक थलाे पूर्व प्राथमिक क्षेत्रमा काम गर्न रुचाउने व्यक्ति वा संस्थाकाे लागि काम गर्दछ । जसको कार्य क्षेत्र भनेको बाल बिकास ,शिक्षक बिकास र अभिभावकमुखी कार्यक्रम गर्ने रहेको छ l
प्रतिक्रिया