अमेरिकामा कामदारहरु यसरि १ बर्षमा ४० प्रतिसत बनावटी बिरामीको बहाना बनाइ काममा नजाने

इनेप्लिज २०७४ मंसिर २ गते १५:०५ मा प्रकाशित

विजय थापा ,आज म बिरामी छु काममा आउन सक्दिन भनेर भन्नु हुन्छ भने सर्वेक्षणको नया अध्ययन अनुसार तपाई के साच्चै के बिरामी हुनु हुन्छ त ? सर्वेक्षण अनुसार यस्तो नहुने तथ्य निकालेको छ l

बिशेष गरि अमेरिकामा अमेरिकन कामदारहरु १ बर्षमा ४० प्रतिसत बनावटी बिरामीको बहाना बनाइ काममा नजाने गरेको खुलाशा गरेको छ l हुन् पनि हो ,काममा एक्कासी बिरामी पर्ने तर भोलि पल्ट झन् हृष्ट पुष्ठ संग झन् झरझराउदो भएर आउने गरेको देखिन्छ l अमेरिकामा प्रारम्भिक चरणमा आफ्नै सहकर्मीले यसो गरेको कैयौ पटक देखिन्छ l समय बित्तै गए पछि बिरामीको चक्कर र वास्तविकता थाहा लाग्दछ l

अमेरिकाको स्थापित क्यारियर बिल्डर्सले गरेको एक सर्वेक्षणबाट यस्तो तथ्य निकालेको छ l उसले गरेको सर्वेक्षणमा अधिकांशले भाग नलिएको उल्लेख गरेको छ भने चिकित्सक संग जचाउनु पर्ने,अनिन्द्रा भएर सुत्नु पर्ने तथा आफु बिसन्चो भएर जान मन लागेको समेत कुराहरु हिस्सा गरेका छन् l

४० प्रतिसत ले झुट्टा भएको लेखेको छ l अनुसन्धान अनुसार एक तिहाई कामदारहरु बिर्मी परेता पनि काम मा जाने र उनीहरुले आफ्नो पाएको बिदा व्यक्तिगत प्रयोग को लागि प्रयोग गर्ने देखाएको छ l

अध्ययनले यो पनि देखाएको छ कि धेरै हाकिम तथा व्यवस्थापकहरु सदैव कामदारले मुर्ख बनाउन सक्दैनन् भनि उल्लेख समेत गरेको छ l ३८ प्रतिसत कामदारहरु जसले बिरामी छु भनि बिदा लिएको थिए उनीहरुको छड्के जाच गरिएको थियो l गत बर्ष २०१६ मा मात्र २६ प्रतिसत यस्ता बिदा लिनेहरुलाई निस्कासित गरेको पाईएको छ l झन्डै २२ प्रतिसत गत बर्ष यसका शिकार बनेको समेत लेखेको छ l

४३ प्रतिसत यस्ता झुट्टा बिदा लिनेहरु मध्ये आफ्ना सामाजिक संजाल (मुहार पुस्तिका ) मार्फत झन्डै ३४ प्रतिसत पक्राउ परेका छन् l बिरामीमा बोलाइएको कर्मचारीको जाँच गर्दा ६४ प्रतिशत कार्यालयलाई चिकित्सकको टिपोट चाहिन्छ भनि जानकारी दिएको ,४६ प्रतिशत कर्मचारीलाई बुझ्दा २५ प्रतिशतले अर्को कामदारलाई बुझ्दा २२ प्रतिशत घर वा भाडाको कोठामा पाईएको उल्लेख गरेको छ l

क्यारियर बिल्डर्स संग कार्यालयले यस्ता सम्म क्षमा लिएर काममा नआउने समेत उल्लेख गरेको छ l आफ्नो बारीमा भालु आएकोले डरले आउन नसकेको ,आफु मोटो भएकोले लुगा ठिक नभएको कारण आउन सकिन ,कुकुरले सवारी साधनको चाबी खायो , गाडीमा इन्धन नभएकोले आउन सकिन जस्ता बहाना गर्ने कुराको उल्लेख गरेको छ l

प्रतिक्रिया