विश्वकप भकुन्डोमा फ्रान्सको संघर्षपूर्ण जित, पाराग्वेमाथि १–० को रोमाञ्चक विजय

इनेप्लिज २०८३ असार २० गते २३:१२ मा प्रकाशित

फिफा विश्वकप भकुन्डो २०२६ को अन्तिम–१६ चरणमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। 

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक प्रदर्शन गरे पनि मध्यान्तर गोलरहित बराबरीमा सकिएको थियो।  

मध्यान्तर पछि फ्रान्सले लगातार दबाब बनायो। खेलको करिब ७०औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गरेको गोल नै खेलको एकमात्र निर्णायक गोल बन्यो। 

उक्त पेनाल्टी (दन्ड प्रहार ) श्रव्यदृश्य सहायक निर्णायकबाट  समीक्षा भएपछि कायम गरिएको थियो। 

त्यसपछि पाराग्वेले बराबरी गोलका लागि धेरै प्रयास गरे पनि फ्रान्सको बलियो रक्षापङ्क्ति तोड्न सकेन।  

यस जितसँगै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ। पाराग्वे भने जर्मनीलाई पेनाल्टी प्रहारमा हराएर अन्तिम–१६ मा पुगेको उत्कृष्ट यात्रा यहीं समाप्त भएको छ।  

फ्रान्सले भकुन्डो नियन्त्रण र आक्रमणमा स्पष्ट रूपमा दबाब बनाएको देखियो भने पाराग्वेले अनुशासित रक्षात्मक खेल प्रस्तुत गर्‍यो। 

अन्तिम समयमा पाराग्वेले बराबरी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन। 

प्रतिक्रिया