चार दशकअघिको स्वास्थ्य चेतना र डा. सूर्य बहादुर कार्कीको निरन्तर यात्रा

बेद प्रसाद घिमिरे २०८३ असार २० गते १४:०० मा प्रकाशित

करिब चार दशकअघि ‘नेपाल योग तथा प्राकृतिक उपचार (चिकित्सा) सङ्घ, केन्द्रीय कार्यालय, विराटनगर’ बाट कब्जियतसम्बन्धी एउटा महत्वपूर्ण स्वास्थ्य सामग्री प्रकाशित गरिएको थियो। उक्त सामग्री तयार पार्ने क्रममा प्रा. डा. सूर्य बहादुर कार्की सो संस्थाका संस्थापक महासचिव तथा प्रधान चिकित्सकका रूपमा कार्यरत हुनुहुन्थ्यो।

तत्कालीन समयमा महासचिवको जिम्मेवारी सम्हाल्दै उहाँले नेपालमा योग तथा प्राकृतिक चिकित्साको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। हाल पनि उहाँ इन्स्टिच्युट अफ नेचुरल मेडिसिन तथा नेपाल योग तथा प्राकृतिक चिकित्सा सङ्घ मार्फत योग, प्राकृतिक चिकित्सा र मसाज थेरापीको विकास तथा विस्तारमा सक्रिय रूपमा योगदान दिइरहनुभएको छ। चार दशकअघि सुरु भएको उहाँको अभियान आजसम्म पनि निरन्तर अघि बढिरहेको छ।

महासचिवका रूपमा कार्यरत रहँदा प्रा. डा. कार्कीले लेख्नुभएको उक्त सामग्रीमा आधुनिक जीवनशैलीका कारण बढ्दो कब्जियतलाई धेरै रोगहरूको प्रमुख कारणका रूपमा प्रस्तुत गर्दै यसप्रति समयमै सचेत हुन आग्रह गरिएको थियो। उहाँले त्यसबेला लेख्नुभएको सामग्री निम्नानुसार प्रस्तुत गरिएको छ।

— डा० सूर्य बहादुर कार्की
(एन. डि., डी. वाई. इडी. डी. पी इडो.)

कब्जियत प्राय विश्वमा जति मुलुक छन्, विकसित हुन्, वा अविकसित सबैमा ९५% यस रोगबाट पीडित छन् । यस रोगलाई आकस्मिक दुर्घटना, अचानक पेट दुख्नु, हात खुट्टा टुट-फुट हुनु आदि छाडेर अन्य रोगहरुको जड मानिएको छ । यस रोगमा बढी आँतमा ( ठलो आन्द्रामा ) अनावश्यक मल टाँसिएर बस्दछ । मल बाहिर नगइ टाँसिएर बसे पछि अजिण या अपच हुन शुरु गर्दछ । त्यसपछि ग्यास बन्न थाल्छ, रिंगटा लाग्न थाल्छ, आलस्य हुन जान्छ, मुटुको धड्कन बढ्ने, जिब्रोमा घाउ हुने र सेतो काई लाग्ने, आँखामा परेला बाटिने, दिशामा बाख्राका बडकयौला जस्तो गोटी हुदै आउने, भोक, निद्रा न-लाग्ने आदि लक्षणहरु देखा पर्न जान्छ ।
एक अमेरिकी चिकित्सकले आफ्नो चिकित्सालयमा आउने रोगीहरुको अनुभवले के बताउनु भएको छ भने उनका चिकित्सालयमा आउने मध्ये ९५% रोगीहरुको कब्जियत नै थियो । यस रोगमा ठूलो आन्द्रामा दिशा जमेर बस्छ र समयमा दिशा हुदैन । कसैको २ देखि ७/८ दिन सम्म पनि दिशा हुदैन । तर कसै कसैलाई दिन दिनै भए पनि कब्जियत हुन्छ । अंग्रेजी डा० डब्ल्यू. ए. स्लीबटेन (एम. डी.) भन्नु हुन्छ— “हाम्रो आँतमा खाद्य पदार्थको रस चुस्ने कार्य अविचल गतिले चलि रहन्छ तर जब आँतमा मल जमेर सड्न थाल्छ तब आँतमा उक्त जमेर रहेको मलबाट उत्पन्न भएको विष चुसेर त्यसलाई तरल पदार्थमा मिलाई दिन्छ, जसले गर्दा रक्त दूषित हुन जान्छ ।”

सर विलियम अर बुथमोटलेनको भनाई अनुसार— “कब्जियत सबै रोगको सृष्टि गर्ने मूल रोग हुन्छ ।”

कब्जियत हुनका निम्न कारणहरु छन् :-

. दिशा लागेको बेला दिशा नगरी रोक्नु :– दिशा लागेको बेला दिशा नगरी रोकेमा पचेर जान्छ । परिणाम स्वरुप कब्जियत शुरु हुन्छ । समयमा पाइखाना नहुनु कब्जियतको कारण हो । एक पल्ट पाइखाना गर्ने समय बिग्रिए पछि, त्यसलाई समयमा ल्याउन गाह्रो हुन जान्छ ।

२. नाभि सर्नु :- नाभि पुरुषको वायां र महिलाको दायां माथि सरे मा कब्जियत हुन्छ । नाभि सर्नको कारण, लक्षण र निवारण सम्बन्धमा संस्थाद्वारा प्रकाशित दोश्रो बुलेटिन (प्राकृतिक जीवन) हेर्नु होस्- पेज ३ र सम्म ।

३. समयमा खाना नखिनाले :– आज भोली प्राय जसो मानिसहरुको खाना खाने ठीक समय छैन । त्यसैले गर्दा दिशा हुन अनियमितता हुन जान्छ । धेरै जसो मानिसहरुको दिशा समयमा भएता पनि खान पिनको समय ठीक हुदैन । कहिले १० बजे त कहिले १२ बजे । कहिले ६ बजे त कहिले ८ बजे । त्यसै गरी नास्ता मा भिन्नता पाईन्छ । यस्ता मानिसहरुको दिशा गर्ने समय बिग्रिएर कब्जियत हुन कुनै ठूलो कुरा होईन ।

४. खाना बेमेल तथा गरिष्ट हुन :- आफ्नो पाचन शक्ति भन्दा धेरै बल लगाएर पचेर खालका गरिष्ट खानाहरु खानु या बासो सडे गलेका बजारमा तयार पाईएका पकवान खानु । आदि अनेक कारण छन् ।

५. समयमा नसुत्ने र समयमा नउठ्नाले :- जुन मानिस रातिका १० बजे भित्र सुत्छ र विहान ४ बजे भित्र सदा उठ्छ भने उसको दिशा गर्ने नियम पनि त्यसै अनुसार हुन जान्छ । कहिले ९ बजे, कहिले १२ बजे सुत्ने र विहान ७/८ बजे उठ्नाले दिशाको नियमितता टुट्न जान्छ र त्यसै अनुसार अघि पछि या नहुन पनि सक्छ । एक प्रसिद्ध चिकित्सकले के सिद्ध गर्नु भएको छ भने “जब हामी कुनै पदार्थ खान्छौं, त्यो पदार्थ निद्राको समयमा विस्तारै अगाडि बढ्दै जान्छ,, खाएको समयमा भने छिटो छिटो अगाडि बढ्दै जान्छ । त्यसै कारण कुनै कुनै योग्य चिकित्सकले खाना खाई सके पछि दिशा जाने सल्लाह दिन्छन् । निदाएको समयमा पाचन क्रिया निस्कृय हुन जान्छ । परिणाम स्वरुप कब्जियत हुन थालनी हुन्छ । हामीहरुले खाना खाएको ३/४ घण्टा पछि सुतेमा खाएको पदार्थ सजिलै संग अगाडि बढ्छ र सहि तरिकाले पचेर जान्छ ।

६. दिशा छिटो नहुनु :- खास गरी दिशा पाइखानामा गएको केही समयमा नै हुनु हो । तर कहिले काही भने आँतको अगाडिको आधा भागबाट मात्र आउछ र खाली हुन्छ । केही समयमा नै पछाडिको मल यस खाली भएको ठाउँमा आउछ र दिशा लाग्छ । धेरै जसो मानिसहरुको दिनमा १/४ पटक दिशा भएको पनि पाइन्छ जसको ढिलो दिशा हुन्छ, उसको आँतको सफाई हुदैन । त्यसको परिणाम आतको भित्री भागमा खिचाव र तनाव पर्न गई उल्टा असर पर्न जान्छ । त्यसपछि दिशा रोकिन्छ । दिशा रोकिए पछि कब्जियत हुन जान्छ ।

७. दिशा लागेको वेला दिशा नगरी रोक्नु :- प्राय गरी धेरै मानिसहरु यस्ता पाईन्छ, उनीहरु दिशा लागेता पनि सक्दो बलले दिशा रोक्छन् । उनीहरु अरु काम गर्न थाल्छन् । यस्ता मानिसहरु के सोच्छन् भने दिशा गर्ने समय सम्ममा त धेरै काम गर्न सकिन्छ । काम सकेय मात्र दिशा गर्ने भनी कामलाई महत्वपूर्ण संझीन्छन् । यस्ता मानिसहरु जीवन भर नै अस्वस्थ्य रहन्छन् । उनीहरुले खाई नखाई कमाएको पैसा डाक्टर ( चिकित्सक ) र वैद्यहरुको साथ पु-याउछन् । त्यस पैसाबाट रोग ठीक हुने त कुरै छैन, डाक्टर, वैद्यहरूको नयाँ-नयाँ र डिजाइनदार महलहरू तयार हुन जान्छन् ।

अर्को विचारका मानिसहरू सदा दिशा (पाइखाना) कडा (साह्रो) हुन पर्छ भन्ने धारणामा छन् । उनीहरूलाई कडा दिशा कब्जियतको निशानी हो भन्ने ज्ञान नै हुदैन । कब्जियतको अवस्थामा बढी आंत (ठूलो आन्द्रा) मा मल जमेर बसेको हुन्छ । त्यसलाई माथिबाट अर्को मलले दवाव नदिए तल झर्दैन र तल नझरी गुद्द्वारबाट बाहिर जान सक्दैन । त्यस कारणले प्रत्येक मानिसले खाना खाई सके पछि दिशा गर्ने आवश्यक पर्दछ ।

८. आवश्यकता अनुसार पानी नपिउनु :- पानी आवश्यकता भन्दा कम पिउनाले पनि कब्जियत हुन जान्छ । शरीरमा पानीको आवश्यकता भन्दा कम भएमा आँतमा (बढी र छोटी) भएको पानी शरीरले शोषेर लिन्छ । त्यस पछि आँतमा भएको मल सुखा भएर कब्जियतको रुप लिन्छ । पानीले आंतको मललाई मुलायम बनाई सजिलै आंतबाट (ठूलो आन्द्राबाट) बाहिर फाल्न सक्दछ ।

(क) प्रत्येक दिन गर्मीको समयमा ३/४ लिटर सम्म पानी पिउन आवश्यक पर्दछ ।

(ख) ठण्डा महिनामा प्रत्येक २/२$\frac{\text{१}}{\text{२}}$ लिटर सम्म पानी पिउन आवश्यकता पर्दछ । त्यसै पानीले शरीरको आन्तरिक भागमा जम्मा भएर बसेको खराव तत्वहरूलाई पसिनाको रूपमा, पिसावको रूपमा समेत शरीरबाट बाहिर निकाल्ने काम गर्दछ ।

(ग) शरीरलाई चाहिने आवश्यकता भन्दा वेसी पानी पिएमा kidney को कार्यमा वेसी लोड (भार) पर्ने हुनाले नोक्सान पुग्न पनि सक्छ ।

(घ) खाना खांदा पानी पिउन राम्रो होइन । खाना खान भन्दा एक आध घण्टा अगाडि या एक आधा घण्टा पछाडि आवश्यकतानुसार पानी पिउन स्वास्थ्यको लागि राम्रो हुन्छ । तर अरु समय मा भने जति बेलामा तिर्खा लाग्छ, त्यसै वेला पिउनुले फाईदा गर्दछ ।

(ङ) पाइखानामा फोहोर मैला हुनु :- प्राय गरी पाइखाना कोठामा मैलाले भरेको, गनाउने, किरा परेको हुन्छ । त्यस्तोमा दिशा करना जाँदा खुट्टामा किरा चढ्ने, विक-विकी लाग्ने हुनाले त्यस्तो पा-इखानामा दिशा बस्दा आएको दिशा पनि रोकित जान्छ । कसै-कसैको पाइखामा अध्यारो प्रकाश नआउने ठाउँमा हुन्छ । त्यस्तो ठाउँमा गएर दिशा गर्न अति गाह्रो हुन्छ । त्यसै गर्दा गर्दै कब्जियत विस्तारै हुन जान्छ ।

ग्रामीण क्षेत्रमा पाइखानाको व्यवस्था नभएको हुनाले दिशा गर्न अति गाह्रो हुन्छ । त्यस कारण दिशा रोक्ने बानि बसाल्न थालिन्छ । हामी धार्मिक प्रवृत्तिको भएको हुनाले परम्पраवाट चलि आएको संस्कारलाई त्याग्न सक्दैनौं । त्यसै कारण विहान सवेरै दिशा लाग्यो भने दिशा गर्न जान ढिला भएमा दिशा जवरजस्ती रोकेर साझ परेपछि मात्र गर्ने चलन छ । यसरी दिशा दिन भरी रोकेर राख्नु पनि कब्जियतको मूल कारण हो । यिनै कारणले गर्दा प्रत्येक घरमा पाइखानाको व्यवस्था गर्न आवश्यक पर्दछ ।

१०. चिन्ता लिनु :- धेरै मानिसहरु शरीर, मन र आत्मालाई अलग अलग संझिन्छन् । शरीर स्वस्थ राख्नका लागि मनको महत्वपूर्ण स्थान छ । शारीरिक पीडा या अस्वस्थ्य अवस्थामा डाक्टर, वैद्य आदिबाट औषधी ल्याई प्रयोग गरेर क्षणिक पीडा शान्त पारिन्छ । तर मन भने यसवाट बाहिर छ । म.न एक चिन्ताले शरीरलाई
ठूलो बाधा पु-याउछ । चिन्ता अनेक प्रकारका हुन्छन् —

१) धेरै धन हुनेहरुलाई धनको चिन्ता ।
२) धन नहुनेहरुलाई धन भएन भन्ने चिन्ता ।
३) छोरा नहुनेहरुलाई छोरा भएन भने छोराको चिन्ता ।
४) राम्रो रुप भयो भने रुपको चिन्ता ।

आदि अनेक छन् । यस प्रकारका चिन्ता खाना खाँदा, दिशा गर्दा ओछ्यानमा सुत्दा, एक्लै एकान्तमा बस्दा केही न केही सोचाई आई नै रहन्छ । जसले गर्दा खाना खान मन नलाग्ने खान नै भूल्नु, दिशा बस्दा दिशा गर्न नै भूल्नु, सुत्ने समयमा सुत्न नै भूल्नु, आदि । यसबाट अनेक प्रकारका रोगहरु उत्पन्न हुन्छ ।


एक पौराणिक उखान छ– “चिताले लास जलाउछ तर चिन्ता ले जिउदो शरीर जलाउछ । खासगरी चिन्ताको कारणबाट मानिसहरु उचित विश्राम, उचित परिश्रम, पाउन सक्दैनन् । त्यसको फलस्वरुप कब्जियतको सिकायत हुन जान्छ ।

११. नसालु पदार्थ सेवन :- विश्वका विभिन्न देशहरु मध्ये धेरै रक्सी को पसल र धेरै रक्सी पिउने मानिसहरु नेपालमा प्रसस्त नै पाइन्छ । यसबाट हुने खराबीको सम्बन्धमा सर्व साधारण मानिस हरुलाई पनि थाहा छ ।

यसको सेवनबाट टी. बी. ( T.B. ) जस्तो रोग हुन जान्छ । यसले लिवर ( कलेजो ) निस्कृय पार्दै लान्छ । यसबाट लकुवा ( पेरालाइसिस ) आदि जस्तो पनि रोग हुन जान्छ । यसबारे कम बेसी सबैलाई नै थाहा छ । ता पनि डाक्टर, वैद्य, वकिल, इन्जिनियर, प्रोफेसर, लेखक, कलाकार उच्च ओहदामा बसेका अफिसर देखि लिएर पिउन सम्मका मानिसहरु पनि यसका शिकार बनेका छन् ।

नशालु पदार्थहरु मध्ये – अफिम, मर्फिन, हेरोइन, एल. एस. डी. जस्ताको सेवनबाट तत्काल मानिसको मृत्यु पनि हुन सक्छ । औषधी प्रयोग गर्ने पद्धतिमा कुनै कुनै रोगलाई– निन्द्रा नलाग्ने दु खाई भए त्यसलाई कम गराउन मर्फिनको सुई लगाइन्छ भने कसै कसैलाई गोलीको रुपमा पनि खान लगाइन्छ । अफिम भन्दा मर्फिन हानीकारक हुन्छ । मर्फिन भन्दा धेरै गुणा हेरोइन हानीकारक हुन्छ भने एल.एस. डी. को कुरै छाडौं । यस देखि वाहेक गांँजा, भाङ्ग, चरेस आदि पनि पाइन्छ । यसलाई त बौद्धिक जगत्लाई पागल बनाउने विसालु नसा पनि मानिन्छ । यसलाई चिलिम र चुरोटमा लगाएर पनि खाने गर्दछन् ।

धुम्रपान गर्नाले :-


१२. विश्वमा सबै भन्दा धेरै % धुम्रपान गर्ने मानिसहरु नेपालमा नै छन् । यसको सेवन उच्च र प्रवुद्ध वर्ग देखि लिएर निम्न वर्ग सम्म फेशनको रुपमा पिउने गर्दछन् । यसको फाइदा वेफाइदा सम्बन्धमा निम्न वर्गको त कुरै छाडी दिउ, उच्च र प्रवुद्ध वर्गले पनि यसको सेवन गर्नाले शरीरमा के फाइदा पुग्न सक्छ ? यसवाट के नोक्सान हुन सक्छ ? भन्ने कुरालाई सोच्ने मौका नै पाएका छैनन् । यसबाट उनीहरुको शरीरलाई नोक्सान नै होस या नष्ट भएर नै जावस पिउन पाए आनन्द मान्दछन् ।


उपरोक्त आदतबाट अन्तमा विभिन्न रोगहरुबाट पीडित भएर जीवन व्यर्थमा नष्ट हुन जान्छ । सबै प्रकारका धुम्रपान साधारण सुर्तिबाट नै तयार पारिन्छ । सुर्तिमा पाईने रासायनिक पदार्थ र तिनिहरुबाट असर पार्ने तत्वहरु :–

(१) निकोटिन (२) कार्वनमोनोक्साइड (३) हाइड्रोकार्बोन्स (४) बेन्ज पायरिन (५) बेन्जथ्रसिन आदि जस्ता अनेक शरीरलाई हानीकारक रासायनिक पदार्थहरू पाइन्छन् ।

यिनीहरु मध्ये सबै भन्दा खराव गर्ने निकोटिन नै हो । प्रत्येक खिली चुरोट विडी, तमाखू र सुर्तीमा १० मि. लि. ग्राम निकोटिन पाइन्छ । जब ६० मिली ग्रामले निकोटिन दिएमा मानिसहरुको मृत्यु हुन्छ । धेरै मानिसहरु चिन्ताबाट मुक्त हुन दिशा सफा गर्न, नसालु बस्तुहरुको सेवनबाट मानसिक तनाव या चिन्ता हट्नुको बदला शारीरिक गतिबिधि निष्कृय भएर जान्छ । यस्ता पदार्थहरुको असर शारीरिक पक्षमा मात्र नभइ मानसिक क्षेत्रमा पनि कम पर्दैन ? यस प्रकारका असर एकै चोटी नदेखिए पनि बिस्तारै २ अन्तमा पनि पर्न जान्छ । केही समय पछि दिशा समयमा हुन छाड्छ । त्यस पछि कब्जियत प्रारम्भ हुन जान्छ ।

१३. आवश्यकता भन्दा धेरै खाना खानु :- धेरै जसो मानिसहरुको के धारणा छ भने जति धेरै खान सक्यो त्यति बलियो र तन्दु-स्ती हुन सकिन्छ तर प्राकृतिक नियम ठीक यसको बिपरित छ । शारीरिक र मानसिक कार्यको आधारमा आवश्यकता अनुसार खाना खानु नै स्वास्थ्यका लागि उपयागि हुन जान्छ । आवश्व-कता भन्दा धेरै भोजन खानाले पाचन क्रियामा बोझ पर्न जाने हुनाले सही तरीकाबाट पचेर जान पाउदैन । सो पचाउनका लागि धेरै शक्ति खर्च गर्नु पर्दछ, जसले गर्दा आत कमजोर भएर मल जम्मा हुन गई बाहिर जान पाउदैन अनि कब्जियत प्रारम्भ हुन्छ ।

१४. भोक नलागे पनि जवर्जस्ती खानु :- जब मानिसहरुले शारीरिक परिश्रम आवश्यकतानुसार गर्दछन् भने सही भोक लाग्न जान्छ । खाएको खाना राम्री पचेर जान्छ तर भोक नलागी कसैका कर कापमा परि खाएको छ भने पच्न सक्दैन । यस्तो अवस्था प्राय गरी गाउँ घरमा पाईन्छ । इष्टमित्रहरुले कर लगाए पछि मन राख्न भनि जति घरमा पायो उतो खान्छन् । यसरी जया-भावी भोक नलागी खानाले अपच भई कब्जियत हुन जान्छ । कब्जियत हुदा हुदै पनि जवर्जस्ती खाइन्छ भने त्यसले अति नो-क्सान पु-याउछ । राख्दैनन् भने भोजनको त के कुरा गर्ने र । यसरी जथाभावी खाना खाने गर्नाले पाचन शक्ति कमजोर भएर अनेक रोग उत्पन्न हुन जान्छन् । हाम्रो समाजमा अर्को भ्रम के छ भने खाना घाटी सम्म आउने गरी खाएन भने ताकत आउदैन, कमजोरी हुन्छ, मस्तिस्क मन्द हुन्छ भन्दछन् । तर खाना वेसरी खाँदा खादै जीवनबाट सदाका लागि हात धुनु पनि बाँकी रहँदैन । यस्ता घटनाहरु हाम्रो समाजमा मात्र नभएर विश्वकै अनेक भागमा घटेको पाइन्छ ।

१५. चिया पिउनाले :- प्राय गरी आज चिया फेशनको रुपमा बदली सकेको छ । धनी होस या गरीब, विद्वान होस या मुर्ख विहान देखि राती १० बजे सम्म २५।३० कप चिया पिउने गर्दछन् तर चिया पिउनाले के फाइदा छ ? के बेफाइदा छ ? यसमा कुन कुन तत्व छ ? भन्ने बारेमा ख्याल नपाएर विस्तारै विस्तारै शारीरिक र मानसिक क्षेत्रमा असर पार्ने जहर पिउछन् । चियाले गर्मी उत्पन्न गर्छ । त्यस्तो गर्मिले मानिसको मुख देखि गुद्द्वार सम्म रहेका कोमल झिल्लीहरुलाई नोक्सान गर्दछ । १०० मि. लि. ग्राम चियामा १५% टेनिन पाइन्छ । टेनिन छालाको कारखानामा छाला कडा बनाउन प्रयोग गरिन्छ । त्यस्तो पदार्थले पाचन क्रियालाई मात्र असर पार्ने नभई लामो समय सम्म नै असर पार्न जान्छ । जब पाचन शक्ति कमजोर भएर जान थाल्छ पछि दिशा सुकेर आँतमा टासिन थाल्छ । त्यसरी टासिन थाले पछि कब्जियत प्रारम्भ हुन्छ । भोक हराउछ । पेट फुल्छ । डकार आउछ । वायु आउछ । त्यस पछि अनेक प्रकारका रोगहरुको जन्म हुन जान्छ । ग्यास बढेर मुटु तिर चढे मुटुको धडकन बढ्न जान्छ । सिर तिर चढे सिर भारी हुने, दु:ख्ने गर्दछ । कैंले शरीर नै सब दु:ख्ने गर्दछ ।

१५. सडे गलेको खाना खानु :- आज भोली दुषित वातावरणले गर्दा सबै वाहिर पाईने वस्तुहरु दुषित नै मात्र पाइन्छ । तर मानिसहरू आफ्नो स्वादका लागि वजारमा तयार पारेका पकवानहरु पुडी, पकौडा, सिङ्गाडा लगायत अनेक वस्तुहरूको सेवन गर्दछन् । यस्ता वस्तुहरु गरिष्ट हुनका साथै सडेका पनि हुन्छन् । जसले गर्दा पाचन क्रियालाई कमजोरी पारी दिनका साथै कब्जियत गराई दिन्छ । यसैले यस्तै भएका रोगहरू हाम्रो समाजमा पाउँछौँ ।

१६. कब्जियतको कारण :- आजकाल मानिसहरू सभ्यताको विल्कुलै मार्ग हेरी खाद्यान्न पकाई-पकाई, गलाएर, सडाएर त्यसमा भएका सारा पौष्टिक तत्वहरु नष्ट पारि खाने गर्दछन् । त्यस्तो खाना राम्रो पचेर जान नसकि कब्जियत हुन जान्छ । त्यसको वदला काँचो फलफूल, सलाद, अङ्कुरित अन्न खानाले फाइदा गर्दछ । सलादमा काँचो गाजर, काँक्रो, टमाटर, चुकन्दर, मुला, पालुङ्गोको साग आदि खानाले कब्जियत हुन पाउदैन । भएको कब्जियत पनि नष्ट भएर जान्छ । यस प्रकारका पद्धतिनिरन्तर अपनाए सदाका लागि कब्जियत बाट छुटकारा पाइन्छ ।

१७. उपवास (व्रत) को कमी :– प्राय गरी वर्तमान अवस्थामा मानिस ले उपवास गर्ने पद्धतिलाई छाडो सके । त्यसकारण नाना प्रकार को रोगका शिकार बन्न पुगेका छन् । पौराणिक कालमा उपवास लाई बर्त भन्ने गर्दथे । व्रत शव्द धार्मिक हो । सबै मानिसहरू धर्ममा विश्वास गर्दथे र उनीहरू बर्त गर्ने हुनाले कब्जियतबाट मुक्त थिए । आज कल मानिसहरूले धर्मलाई नै छाडो सके बाने नबाने कुरालाई विचार नगरी जथाभावो जे-सुकै खाएर हिड्छन् । त्यसको परिणाम ९५% मानिसहरूलाई कब्जियत रोगले सताएको पाइन्छ । उपवास सही तरीकाबाट गरेमा कब्जियत रोगबाट सदाका लागि छुटकारा पाइन्छ ।


उपरोक्त लेखिएको प्रमाणबाट के स्पष्ट हुन्छ भने एक शव्द मा मात्र नभइ विश्वमा नै कब्जियतको हमला ९५ प्रतिशत पाइन्छ र ९५ प्रतिशत रोगहरू पनि कब्जियत कै कारणबाट भएको स्पष्ट अनुसन्धान हुन आएको छ ।

प्रतिक्रिया