इभी गाडीको भाडा

–ईश्वर पोखरेल

इनेप्लिज २०८३ असार १९ गते १०:२६ मा प्रकाशित

ठट्टामस्करी

पहिलो व्यक्ति— “बेनीबाट मुक्तिनाथसम्मको एकजनाको भाडा कति हो?”

दोस्रो व्यक्ति— “१३००÷– ”

पहिलो व्यक्ति— “१३००÷– ! कत्ति महङ्गो !! पहिले त कम थियो त ।”

दोस्रो व्यक्ति— “पहिलेको कुरा गरेर हुन्छ ? अहिले डिजेल पेट्रोलको दाम कहाँबाट कहाँ पुग्यो हेर्नोस् त !”

पहिलो व्यक्ति— “यो त इभी गाडी होइन र ?”

दोस्रो व्यक्ति— “हो ।”

पहिलो व्यक्ति— “सरकारले डिजेल पेट्रोलको दाम बढाएपिच्छे भाडा बढाउन मिल्ने इभी मोटर कुन देशको कुन कम्पनीले उत्पादन गर्दो रहेछ ?”

तेस्रो व्यक्ति– “इभी मोटर जुन देशको जुनसुकै कम्पनीको किने पनि हुन्छ । चलाउन चै नेपालमा ल्याएर चलाउनु पर्छ; यही रुटमा चलाउनु पर्छ ।”

प्रतिक्रिया