
१.
डाहको धुवाँ
मनको आकाश ढाक्छ
शान्ति हरायो।
२.
अरूको ज्योति
हेर्दा जल्छ मनभित्र
अन्धकार बढ्छ।
३.
तुलनाको बीउ
मनभित्र उम्रँदा
सुख ओइलिन्छ।
४.
ईर्ष्याको आगो
आफ्नै छाती पोल्छ
राख मात्र बाँकी।
५.
फूल मुस्कायो
डाहले आँखा चिम्ल्यो
सुगन्ध हरायो।
६.
मनको विषले
प्रेमलाई सुकायो
घृणा फुलायो।
७.
अहंकारले
डाहलाई हुर्कायो
शान्ति मर्यो।
८.
अरूको सफलता
आफ्नो हार ठान्दा
मन कैदी बन्यो।
९.
मुदिताको दीप
डाहको रात चिर्छ
प्रेम उदायो।
१०.
आत्मबोधले
तुलनाको ढोका
सधैं बन्द गर्यो।
११.
लोभको आँधी
सन्तोष उडायो
मन रित्तियो।
१२.
डिजिटल ऐना
झूटा उज्याला धेरै
मन अँध्यारो।
१३.
झूटा मुस्कान
भित्र रोइरहेछन्
डाह मुस्कायो।
१४.
कस्तूरी मन
आफैँभित्र बस्छ
बाहिर नखोज।
१५.
प्रेमको नदी
डाहको मरुभूमि
हरियाली बन्छ।
१६.
सत्यको घाम
ईर्ष्या आफैँ पग्ल्यो
मन उज्यालो।
१७.
अर्काको जीत
प्रेरणाको दीप हो
डाहको होइन।
१८.
शान्ति खोज्दा
अहंकार भेटियो
डाह हाँस्यो।
१९.
आत्मदर्शन
सबैभन्दा ठूलो धन
डाह पराजित।
२०.
सन्तोष फूल
हृदयमा फुल्दा नै
सुख सुवासित।
२१.
डाहको सर्प
आफ्नै मुटु डस्यो
विष आफैँ पियो।
२२.
करुणा फुल्यो
मुदिताले सिँच्यो
डाह ओइलियो।
२३.
मनको युद्ध
शत्रु बाहिर होइन
भित्रै लुकेको।
२४.
जित्नु परे
आफ्नै मन जित्नु
विश्व झुक्छ।
२५.
ईर्ष्या मर्दा
आत्मशान्ति फुल्छ
जीवन उज्यालो।
प्रतिक्रिया