
प्रश्न:तपाईं अनेसासको पूर्व केन्द्रीय महासचिव, बाल समितिका संयोजक र लामो संस्थागत अनुभव भएको मानिस किन अनेसासको अध्यक्ष हुन मन लाग्यो ?
उत्तरः संस्थाको स्थापना भएको पनि पैँतीस बर्ष भै सक्यो । अनेसासमा थुप्रै राम्रा कार्यहरू भएका छन् । विश्वभरी च्याप्टरहरू स्थापना गर्न सफल भएको छ । तर अझ धेरै कार्य गर्न बाँकीछन् । नेपाल भन्दा बाहिर रहेका दोश्रो र तेश्रो पुस्तामा नेपाली भाषा र संस्कृति हराउँदै गएको छ । भाषा साहित्य र संस्कृति हराउनु भनेको पहिचान हराउनु हो । सन्सारमा हामी नेपालीलाई भिन्न भनेर चिनाउने हाम्रो भाषा साहित्य र संस्कृतिले नै हो । भाषा भनेको भावना विनिमय गर्ने माध्यम मात्र हैन । यस भित्र अनेकन संस्कृति सम्पदा जस्ता सम्पति लुकेका हुन्छन् । यदी भाषा लोप भयो भने हामी लटाईबाट छुटेको चंगा जस्तो वेवारिसे हुन्छौ । पहिचान बिनाको हुन्छौ । साहित्यको गुणस्तर बृद्धि गर्न र अन्तर्राष्ट्रियमा अनुवाद र लेखनको माध्यमबाट लान सकिएन भने आफ्नै कुवामा तैरिएर बिशाल संसारदेख्ने मण्डूकको अवस्था नहोला भन्ने छैन । काम गर्नु पर्ने धेरै छन् । अब पनि नगर्ने हो भने धेरै ढिला हुनेछ र पछुताउनभन्दा बाँकी केही रहने छैन । यही बोध भएर अम्मेदवार भएको हो ।
प्रश्न:तपाईंले अमेरिकामा अनेसास भवनलाई पूर्णता दिने र नेपालमा पनि अनेसास भवन निर्माणको अभियान अघि बढाउने संकल्प गर्नुभएको छ। यसको आर्थिक स्रोत, कार्ययोजना र समयसीमा के हुनेछ ? कार्यकालभित्र सदस्यहरूले मुख्यतया कुन कुन उपलब्धि देख्न पाउनेछन् ?
उत्तरः कुनै पनि कार्य गर्न निश्चित उधेश्य र दृष्ट्रिकोणको आवश्यक पर्दछ । अमेरिकामा भवन बनाउनका लागि प्रयासहरू भै रहेका छन् । त्यो पूरा गर्न र नेपालमा भवन बनाउने कार्य मेरा प्राथमिकतामा पर्दछन् । हामी मानिसहरू सचेत पनि छौँ र हामी क्षणभङ्गुर पनि हौँ । हामीले गरेका असल कार्यहरूमात्र यो धरामा जीवति रहेने छन् । यो कुरा बोधगम्य पनि छ । अमेरिकामा बस्ने नेपालीहरू धनाड्य पनि र मनकारी पनि हुनुहुन्छ । अनेसासको बन्नु नेपालीहरूको इतिहाँसमा एक कोषेढुंगा बन्ने कुरामा दुई मत हुँदैन । बिभिन्न संस्थाहरूले चर्चहरू किनेर सामाजिका संस्था र मन्दिरहरू बनाई सकेका छन् । अनेसास नेपालीहरूको पहिचान जोगाउन लागेको विश्वभरी छरिएर रहेका नेपालीहरूको साझा संस्था हो । समाजसँग समन्वय गर्ने हो भने यो असम्भव कार्य नै हैन भन्नेमा म विश्वस्त छु । नेपालमा अनेसासको भवन बनाउनेकुरा पुर्ब अध्यक्षले उठाउनु भएको थियो । केही प्रयाश भएका थिए । कुनै व्यक्ती वा संस्थाले जग्गा दान दिएमा अनेसास व्यक्ती वा संस्था भवन नाम राख्ने । दाताको सालिक बनाएर राख्ने कुराहरू र सकारात्मक सल्लाह प्राप्त भै सकेका छन् । यी कुरालाई विधिवत र प्रकृयागत ढंगले अगाडि बढाउनेछ । भवनका हलहरू बनाउँदा दाताका नामबाट हलको नाम राख्ने कुराले धेरैलाई उत्साहित बनाएको छ । गत बर्षमात्र बार देशका कविता क्यालेण्डर छाप्दा झण्डै चौधलाख नेपाली लाग्यो । यसमा पनि अनेसासको एक पैसा लागेको हैन । सबै विज्ञापन र सहयोगबाट सम्भव भएको हो । भर्खरै सन्सारभरका बालबलिकाको कविता संग्रह धराका सितारा प्रकाशित भयो । यसमा पनि केन्द्रको खर्चविनानै भएको हो । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ मेरा विगतका कामहरूले मेरो आत्मा विश्वासलाई अझ मज्वुत बनाएको छ । अन्य कुराहरूमा पठन संस्कृतिको विकाश गर्ने श्रव्य पुस्तकलाई प्रभावकारी ढंगले सबैमाझ पुर्याउने । प्रज्ञा- प्रतिष्ठानमा डायस्पोरा डेस्क स्थापना गर्न पहल गर्ने । डायस्पोराका साहित्यकारहरूलाई प्राज्ञसभामा अवैतनिकरूपमा चयन गर्न पहल गर्ने । प्रज्ञा-प्रतिष्ठान र यूनिभर्सिटिहरूसँग समन्वय गरी अनुवादलाई बिशेष पहल गर्ने ।सबै साहित्यकारहरू र उनीहरूको परिचय र कृतिहरूको डिजिटल अभिलेख राख्ने । सबै महादेशहरूमा भाषा सिकाउने अनलाईन पाठशाला सन्चालन गर्ने । अन्य संघसंस्थासँग समन्वय गरी पाठ्यपुस्तकमा एकरूपता कायम गर्ने । साहित्यको गुणस्तरलाई बढाउन सबै बिधाका बिशेषज्ञहरूबाट लेखनमा प्रशिक्षण शुरू गर्ने । लेखकहरूका साहित्यहरूलाई सकारात्मक सल्लाह सुझावका लागि सहयोग डेस्क तयार गर्ने । अंग्रेजी भाषामा जर्नल प्रकाशन गर्ने र विश्वसाहित्यमा नेपाली साहित्यलाई पुर्याउने । बालसाहित्यलाई प्राथमिकताका साथअगाडी बढाउने । कविता कथा वक्तृत्वकला वादविवाद जस्ता विषयमा जोडदिने । नोवेल पुरस्कार वा प्रतिष्ठित पुर्कारबाट सम्मानित श्रष्टाहरूलाई नेपालमा निमन्त्रणा गरी अन्तर्क्रिया गराउने आदि उपलब्धीहरू हुनेछन् ।
प्रश्न:अनेसासको एउटा उदेश्य, नेपाली भाषा साहित्यलाई विश्व बजारमा पुर्याउनु पनि हो । भोलिका दिनमा यसलाई कसरी अगाडी बढाउने योजना छ?
उत्तरः अनेसासले नेपाली भाषा साहित्य र संकृतिको उन्नयनका लागि काम गर्ने संघसंस्थाहरूसँग समन्वय गरी अनुवादलाई प्राथमिकता पूर्वक अगाडी बढाउने छ । नेपाल प्रज्ञाप्रतिष्ठान, त्रिभुवन विश्वविधालय ,नेपाल भित्र रहेका सबै विश्विधालयहरू ,गैरआशिय नेपाली संघको भाषा साहित्य विभाग, बिश्वसाहित्य महासँघ र भारत तथा अन्य मुलुकमा रहेका नेपाली भाषा पढाउने विश्वविधालयसँग सहकार्य गरी अनुवाद गरेर विश्वव्यापी बनाउने । साहित्यमा नोवेल पुरस्कार र त्यस्तै प्रकृतिका ख्यातिप्राप्त पुरस्कारबाट सम्मानित व्यक्तिहरूलाई नेपालमा ल्याएर नेपाली साहित्यकारहरूसँग कार्यशाला गोष्टी गर्ने । सहप्रकाशनहरू गर्ने जस्ले नेपाली साहित्यलाई अन्यभाषाभाषी समक्ष पुर्याउने छ । अनेसासले अँग्रेजीभाषामा अन्तर्राष्ट्रिय स्तरमा जर्नल प्रकाशन गर्ने । यी कार्यले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने विश्वास गर्दछु ।
प्रश्न: विश्वभरका बालबालिकाका लागि अनलाइन नेपाली भाषा कक्षा सञ्चालन गर्ने तपाईंको योजना निकै महत्वाकांक्षी छ। फरक–फरक समय क्षेत्र, पाठ्यक्रम, शिक्षक र स्रोत व्यवस्थापनबीच यो अभियानलाई कसरी सफल बनाउनुहुन्छ ?
उत्तरः हरेक महादेशको समय अनुसार अनलाईनका माध्यमबाट भाषा कक्षा संचालन गरिने छ । त्यसकालागि केही स्वयंसेवीहरूले नाम पनि दर्ज गराइ सक्नु भएको छ । अमेरिकामा लामो समय देखि अनलाईनबाट पढाउँदै गर्नु भएकी पद्मा लिंखा मगरले पनि सहकार्यमा योगदान दिने विश्वास दिनु भएको छ । क्यानडामा म आफैँले चार बर्ष अध्यापन गरेको र कक्षा एक देखि आठ सम्मको पाठ्यपुस्तक तयार गरेको अनुभवले पनि सहयोग पुर्याउनेमा विश्वस्त छु ।
प्रश्न :हजुरबुबा–हजुरआमा दिवस, नेपाली पोशाक दिवसजस्ता सांस्कृतिक अभियानलाई तपाईंले विश्वव्यापी बनाउने भन्नुभएको छ । यस्ता कार्यक्रम सामाजिक सञ्जालका तस्बिरमा मात्र सीमित नहोस् भन्नका लागि के फरक गर्नुहुन्छ ?
उत्तरः विगतको नेपाल सरकारका प्रधानमन्त्री गृहमन्त्री र संस्कृति मन्त्रीलाई हजुरबाहजुरआमा दिवस र नेपाली पशोक दिवस मनाउन क्याविनेटको निर्णय गरी थालनी गरियोस भन्दै ज्ञापन पत्र दिएको थियो । यसका लागि नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी अनेसास केन्द्रिय सदस्य तारा उप्रेती र स्वयँ म पुगेर तीन चरणमा कुरा भएका थिए । ती अधुरा कुरालाई यो नयाँ सरकार मार्फत पूरा गर्न पहल भै रहेको छ । आशाछ यो शुभ समाचार चाँडै सुन्न पाईनेछ । त्यस पछी संसार भनेर नेपालका मेची देखि महाकाली सम्म र तराई देखि हिमाल सम्मका पोशाक लगाएर संसार भरका शहरहरूमा नेपालको पहिचान पुग्ने छ । अनि हजुरबा हजुरआमा दिवसले लाखौ हजुरबाहजुरआमा र नातिनातिनीको प्रगाढ सम्वन्धलाई जोड्नेछ । जीवित देवताहरूको सम्मान हुनेछ ।
प्रतिक्रिया