
लेखक – संजोग आचार्य, REALTOR®
न्यूयोर्क सिटीमा “Rent Freezing” अर्थात् भाडा स्थिर राख्ने नीति फेरि चर्चाको विषय बनेको छ। Rent Freezing भनेको घरधनीले प्रत्येक वर्ष भाडा बढाउन नपाउने व्यवस्था हो। यदि तपाईं योग्य हुनुहुन्छ भने, तपाईंले अहिले तिर्दै आएको भाडा नै केही समयसम्म कायम रहन्छ र थप वृद्धि गर्न पाइँदैन।
न्यूयोर्क सिटीको Rent Guidelines Board ले करिब १० लाख Rent-Stabilized अपार्टमेन्टको एकवर्षे र दुईवर्षे लिजमा ० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको छ। आगामी अक्टोबर १, २०२६ देखि सुरु हुने लिज नवीकरणमा घरधनीले भाडा बढाउन नपाउने व्यवस्था लागू हुनेछ।
कसले पाउँछन् यो सुविधा?
न्यूयोर्क सिटीको आधिकारिक Rent Freeze Program अन्तर्गत मुख्य रूपमा यी व्यक्तिहरू योग्य हुन सक्छन्:
६२ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक (SCRIE)
सरकारी मान्यता प्राप्त अपाङ्गता भएका व्यक्तिहरू (DRIE)
घरपरिवारको वार्षिक आम्दानी $50,000 वा कम
आम्दानीको एकतिहाइभन्दा बढी रकम घरभाडामा खर्च हुने
Rent-Stabilized वा Rent-Controlled अपार्टमेन्टमा बस्ने व्यक्ति
न्यूयोर्कको Rent Freezing नीति लाखौं भाडावालाहरूलाई आर्थिक राहत दिने उद्देश्यले ल्याइएको हो। यसले विशेष गरी कम आय भएका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई घरभाडाको बढ्दो बोझबाट जोगाउन मद्दत गर्छ। तर अर्कोतर्फ, घरधनीहरू भने सञ्चालन खर्च बढिरहेका कारण यसले दीर्घकालीन रूपमा आवास व्यवस्थापनमा चुनौती सिर्जना गर्न सक्ने बताइरहेका छन्।
भाडा वृद्धि रोकिए पनि योग्य Rent Freeze Program अन्तर्गत घरधनीलाई सरकारले Property Tax Abatement Credit मार्फत केही राहत प्रदान गर्ने व्यवस्था छ। तर हालैको ०% भाडा वृद्धि निर्णयबारे धेरै घरधनीहरूले मर्मत, बीमा र सञ्चालन खर्च बढिरहेका बेला आर्थिक दबाब पर्ने चिन्ता व्यक्त गरेका छन्।
प्रतिक्रिया