सरकारी कर्मचारीको सरुवामा अब नेताको घर धाउने दिनको अन्त्य

इनेप्लिज २०८३ असार १७ गते १८:५९ मा प्रकाशित

नेपाली प्रशासनमा वर्षौँदेखि जकडिएको एउटा नमिठो परम्पराको अन्त्य भएको छ। कर्मचारी सरुवामा अब नेताको घर धाउनुपर्ने वा पहुँचवालाको चाकडी गर्नुपर्ने वाध्यता सधैँका लागि बिदा हुने भएको छ।

वालेन सरकारले कर्मचारी सरुवा प्रणालीमा एउटा शक्तिशाली र क्रान्तिकारी कदम चाल्दै ‘ट्रान्सफर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’ नामक अत्याधुनिक सफ्टवेयर ( तन्त्रास) सञ्चालनमा ल्याएको छ ।

अब हरेक कर्मचारीको सरुवा, उनीहरूको डिजिटल ( ॲकिय व्यक्तिगत विवरण)प्रोफाइल र योग्यताका आधारमा मात्रै हुनेछ ।

यो नयाँ व्यवस्थाले कर्मचारी प्रशासनलाई मर्यादित बनाउनुका साथै, राजनीतिक दबाब र मानवीय हस्तक्षेपलाई पूर्ण रूपमा निषेध गर्ने अपेक्षा गरिएको छ ।

यसअघि कर्मचारीहरू आफ्नो रोजाइको ठाउँमा जान मन्त्री र सांसदको दैलो ढकढक्याउनुपर्ने जुन विवशता थियो, त्यसको अब अन्त्य हुनेछ । प्रविधिमा आधारित यो प्रणाली अत्यन्त पारदर्शी छ।

अब कुनै पनि कर्मचारीको सरुवा कहाँ अड्कियो वा कसले रोक्यो भन्ने अन्योल रहने छैन ।

आफ्नो सरुवा प्रक्रिया कुन चरणमा छ, त्यो जानकारी कर्मचारीले घरमै बसेर सॅचार उपकरण(मोबाइल )वा सुसाख्य यन्त्र(कम्प्युटर)बाट सहजै थाहा पाउन सक्नेछन् ।

सरुवा र बढुवालाई अनुमानयोग्य र न्यायपूर्ण बनाउन सरकारले लिएको यो निर्णय साँच्चिकै सराहनीय छ ।

यसले इमान्दार र कर्मठ कर्मचारीको मनोबल बढाउनेछ र देशको सेवामा उनीहरूलाई थप जिम्मेवार बनाउनेछ ।

यो सुधारले नेपालको सार्वजनिक प्रशासनलाई ॲकिय(डिजिटल) युगमा लैजान एउटा बलियो कोसेढुङ्गा सावित हुनेछ ।

यस पहलले केवल सरकारी कामकाजलाई सहज बनाउने मात्र होइन, आम जनताको नजरमा कर्मचारी प्रशासनको गरिमा पनि उँचो पार्नेछ ।

अब कर्मचारीले नेताको दैलो होइन, जनताको सेवा र देशको विकासमा आफ्नो ध्यान केन्द्रित गर्न पाउने दिन आएको छ ।

कृतज्ञता :स्पेसके४टिभी –

प्रतिक्रिया