
विगत ३५ वर्षदेखि देशमा ब्रह्मलुट मच्चाएका कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलहरूका लागि अहिलेको स्वास्थ्य क्षेत्रको नयाँ कदम र बालेन शैलीको कार्यसम्पादन एउटा गतिलो पाठ बनेको छ।
विगतमा करोडौँको आर्थिक चलखेल, दलीय भागबन्डा र गोजीका कार्यकर्तालाई ‘टिका’ लगाइदिएर गरिने उपकुलपति नियुक्ति प्रक्रियामा यसपटक ठूलो परिवर्तन देखिन थालेको छ। यदि सरकारले दृढ इच्छाशक्तिका साथ काम गर्न चाहेमा राजनीतिक बेथिति अन्त्य गर्न असम्भव नरहेको यो नयाँ सुरुवातले प्रमाणित गरिदिएको छ।
विगतमा यस्ता ठूला पदहरूमा आफ्ना मान्छे मात्र भर्ना गर्ने र नेताहरूले अरबौँ रुपैयाँ असुलेर देशका धरोहरहरू सखाप पार्ने काम भयो। सोझा कार्यकर्तालाई केवल झोला बोकाएर ठूलो विश्वासघात गरियो।
मदन भण्डारी र बीपी कोइराला बिचार र नाम बेचेर राजनीति गर्ने, आफूलाई सर्वहारा र कम्युनिस्ट भन्दै हिँड्ने तर भित्रभित्रै करोडौँको घर, ३० करोडको सेयर र अरूको नाममा ३५ बिघा जग्गा जोडेर अरबपति बन्ने सुकुम्बासी नेताहरूको चरित्र अब जनताले बुझिसकेका छन्।
तर, प्रणाली सुधार्न खोजे सबै सम्भव छ भन्ने कुरा अहिले देखिएको छ। यसै क्रममा, विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदको नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरणको काम सफलतापूर्वक सम्पन्न भएको छ।
गत मङ्गलबार र बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा उम्मेदवारहरूको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण लिइएको थियो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यो प्रक्रिया सकिएसँगै अब योग्य उम्मेदवारहरूको अल्पसूची (सर्टलिष्ट)सार्वजनिक गर्ने तयारी भइरहेको छ।
मन्त्रालयले उम्मेदवारहरूको वर्णानुक्रम अनुसारको सूची पहिल्यै पारदर्शी रूपमा सार्वजनिक गरेर नयाँ काइदा सुरु गरेको थियो।
यसरी स्वच्छ प्रतिस्पर्धा गराइएका ठाउँहरूमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता मुख्य संस्थाहरू रहेका छन्, जहाँ हिजोका दिनमा करोडौँको खेल हुने गर्थ्यो।
पुराना दलहरूले देशलाई ओरालो लागिरहेका बेला, यो नयाँ र पारदर्शी प्रणालीले सक्षम र योग्य व्यक्तिलाई नेतृत्वमा पुर्याउने ठूलो आशा जगाएको छ।
प्रतिक्रिया