
पाकिस्तानको पूर्वी शहर लाहोरमा मंगलबार त्यहाँको एउटा निजी “अतिरिक्त कक्षा” अर्थात् ट्युसन सेन्टरको छत भत्किँदा कम्तीमा १४ जना बिद्यालयका बालबालिकाको ज्यान गएको छ।
प्रहरी अधिकारीका अनुसार यस दुर्घटनामा अरू आठ जना बालबालिका घाइते भएका छन्, । हाल उनीहरुको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले लापरबाही गरेको आरोपमा “अतिरिक्त कक्षा” अर्थात् ट्युसन सेन्टरका मालिक र अर्का एक जनालाई पक्राउ गरेको छ। भत्किएको भग्नावशेष (रबर) भित्र अझै अरू बालबालिकाहरू पुरिएको हुन सक्ने आशंकामा उद्धारकर्ताहरूले खोजी कार्य जारी राखेका छन्। यो शिक्षण केन्द्र एउटा पुरानो घरमा चलिरहेको थियो र त्यसको दोस्रो तलाको कमजोर निर्माणका कारण छत खसेको बताइएको छ।
पाकिस्तानमा यस्ता भवनहरू भत्किने घटनाहरू भइरहन्छन्। त्यहाँ घर बनाउँदा नियमहरू राम्रोसँग पालना गरिँदैन । पैसा बचाउनका लागि कमसल (नराम्रो) सामानहरू प्रयोग गरिन्छ।
घटना लगत्तै रुग्नवाहिनी (एम्बुलेन्स )र उद्धार टोली घटनास्थल पुगेका थिए। स्थानीय बासिन्दाहरूले पनि आफ्नो हात र साबेलको मद्दतले इँटा र सिमेन्टका टुक्राहरू पन्छाएर बालबालिकालाई बचाउने प्रयास गरेका थिए।
केही घण्टापछि जब मृत बालबालिकाहरूको शव उनीहरूका आमाबाबुलाई बुझाइयो, तब अस्पताल र गाउँभरि रुवाबासी चल्यो। आफ्ना सन्तान गुमाएका आमा र आफन्तहरू छाती पिट्दै रोइरहेका थिए।
यस दुःखद घडीमा स्थानीय बासिन्दाहरू निकै आक्रोशित पनि छन्। उनीहरूले पुरानो र असुरक्षित भवनमा शिक्षण (ट्युसन )पढाउने मालिकलाई कडा भन्दा कडा सजाय दिन माग गरेका छन्। ‘कुन घरमा पहिले गएर सान्त्वना दिने, हामी आफैँ अलमलमा छौँ,’ एक स्थानीयले दुःख व्यक्त गर्दै भने।
लाहोर पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी हो, जहाँ धेरै आमाबाबुले आफ्ना छोराछोरीलाई विद्यालय समयपछि दिउँसो र बेलुका “अतिरिक्त कक्षा” अर्थात् ट्युसन पढाउन पठाउँछन्।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज सरिफले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
प्रतिक्रिया