तमु प्ये ल्हु अमेरिकाको अध्यक्षमा सन्तोष गुरूङ , तमु स्मारिका प्रकाशन गर्दै १२ औ बार्षिक उत्सव तथा चौथो अधिवेशन सम्पन्न

नातिबाबु भट्ट २०८३ असार १७ गते ९:४८ मा प्रकाशित

जुन ३० २०२६

कोलोराडो, अमेरीका

तमु प्ये ल्हु अमेरिकाको अध्यक्षमा सन्तोष गुरूङ चयन भएका छन् । संस्थाले सर्वसम्मत तरिकाबाट ११ सदस्सिय नयाँ कार्यसमिती चयन , तमु स्मारिका प्रकाशन गर्दै १२ औ बार्षिक उत्सव तथा चौथो अधिवेशन भब्यताका साथ सम्पन्न गरेको हो ।

अमेरिकाको लागी नेपालीका कार्यवाहाक राजदुत शरदराज आरनको प्रमुख आतिथ्य तथा बोल्डर सहरका मेयर आरोन ब्रकेट, माइकल डफर्टी जिल्ला सरकारी वकिल (District Attorney) जेन काउस सुपेरियर, कोलोराडो नगर परिषद् सदस्य, नारायण श्रेष्ठ अध्यक्ष, हेल्पिङ ह्यान्ड्स हेल्थ एन्ड एजुकेसन नेपाल, चन्द्र गुरुङ अध्यक्ष, एनआरएनए कोलोराडो च्याप्टर, आरसी पन्त महासचिव, एनआरएनए एनसीसी अमेरिका, प्रकाश पौडेल युवा उपाध्यक्ष, एनआरएनए एनसीसी अमेरिक डा.गोपाल तामाङको बिशेष आतिथ्यमा सम्पन्न भएको हो ।

मातृभुमी नेपाल तथा कर्मभुमी अमेरीकाको राष्ट्रिय गान बजाएर तथा कार्यक्रमका प्रमुख अतिथी र बिशिष्ठ अतिथीहरूले संयुक्तरूपमा पानसमा बत्तिबालेर कार्यक्रम शुरू गरिएको थियो । कार्यक्रमलाइ उद्घाटन सत्र तथा बन्द सत्र गरी दुइ चरणमा सम्पन्न गरिएको थियो । संस्थाका अध्यक्ष चक्र बहादुर क्रोम्छें तमुको अध्यक्ष्यता सम्पन्न कार्यक्रमको उद्घाटन सत्रको संचालन शंकर न्गोर्में तमु र बन्द सत्रको मिनबहादुर क्रोम्छें तमुले संचालन गरेका थिए ।

कार्यक्रममा परंपरा अनुसार प्रमुख अतिथिलाई क्रेगी र भाङग्रा अनि फूलले स्वागत र अन्य अतिथिहरुलाई क्रेगी तथा पुष्पगुच्छा अर्पण गरी हार्दिक स्वागत एवं सम्मान गरिएको थियो।

अतिथी स्वागत पछि द्वितीय उपाध्यक्ष सन्तोष क्रोम्छेँ तमुले उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सम्पूर्ण सहभागीहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रममा सहभागी भई यसको गरिमा बढाएकोमा धन्यवाद ज्ञापन गरेका । उनले तमु भाषा, संस्कृति, धर्म, परम्परा र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ‘तमु स्मारिका Vol। 1’ भावी पुस्ताका लागि अमूल्य दस्तावेज तथा हाम्रो इतिहास, पहिचान र सामूहिक यात्राको साक्षी (testimony) बन्ने विश्वास व्यक्त गरे । साथै उनले संस्थाको निरन्तर प्रगति र समुदायको एकताका लागि सबैको सक्रिय सहयोग र सहभागिताको आह्वान गरे ।

कार्यक्रममा स्मारिका प्रकाशन संयोजक मिन बहादुर क्रोम्छें तमुले ‘तमु स्मारिका Vol। 1’ को प्रकाशन प्रक्रिया, उद्देश्य र महत्वबारे प्रकाश पार्दै यसले तमु समुदायको इतिहास, भाषा, संस्कृति र पहिचानलाई भावी पुस्तासम्म पुर्‍याउने महत्वपूर्ण दस्तावेजका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। साथै स्मारिका प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण लेखक, सहयोगदाता, विज्ञापनदाता तथा स्वयंसेवक प्रति आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूद्वारा संयुक्त रूपमा ‘तमु स्मारिका Vol। 1’ को विमोचन गरिएको थियो। स्मारीका बिमोचन पछि कार्यक्रममा उपस्थित अतिथीहरूले शुभकामना मन्तब्य राखेका थिए । यसै क्रममा जिल्ला न्यायाधिवक्ता माइकल डोघर्टीले तमु प्ये ल्हु अमेरिकाले समुदायको एकता, संस्कृति संरक्षण र सामाजिक सेवामा पुर्‍याएको योगदानको प्रशंसा गरे प्रायोजकहरूको तर्फबाट पुष्पा गुरुङले आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन । लेखकरूको तर्फबाट डा. गोपाल तामाङले ‘तमु स्मारिका Vol। 1’ भावी पुस्ताका लागि महत्वपूर्ण ऐतिहासिक दस्तावेज भएको उल्लेख गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) का अध्यक्ष किरण अधिकारीले स्मारिकाले तमु भाषा, साहित्य, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरुङ तथा एनआरएनए एनसीसी अमेरिकाका महासचिव आरसी पन्तले भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण भावी पुस्ताका लागि अत्यन्त आवश्यक रहेकोमा जोड दिए ।

यसैगरी सुपेरियर टाउन काउन्सिल सदस्य जेन काउशले समुदायको सांस्कृतिक विविधता र सामाजिक योगदानको प्रशंसा गरिन भने हेल्पिङ ह्याण्ड्स हेल्थ एण्ड एजुकेशन नेपालका अध्यक्ष नारायण श्रेष्ठले , संस्कृति संरक्षण र सामाजिक सेवामा सहकार्यको महत्व औंल्याएका थिए । बोल्डर सिटीका मेयर आरोन ब्रोकेटले काठमाडौँ–बोल्डर भगिनी (Sister City) सम्बन्ध तथा नेपाल भ्रमणका क्रममा अनुभव गरेको नेपाली आतिथ्यको स्मरण गर्दै तमु प्ये ल्हु अमेरिकाको सांस्कृतिक संरक्षण र समुदाय सेवाको प्रशंसा गरेका थिए ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथी संयुक्त राज्य अमेरिकाका लागी नेपालका कार्यबाहक राजदूत शरदराज आरनले तमु प्ये ल्हु अमेरिकाको १२ औँ वार्षिकोत्सव, चौथो अधिवेशन तथा ‘तमु स्मारिका Vol। 1’ प्रकाशनको सफलताको शुभकामना व्यक्त गर्दै विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा संस्थाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे । उनले काठमाडौँ–बोल्डर भगिनी (Sister City) सम्बन्धले नेपाल र अमेरिकाबीचको मित्रता तथा सांस्कृतिक आदानप्रदानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले भावी पुस्तामा आफ्नो पहिचान र संस्कृतिप्रति गौरवको भावना विकास गर्ने बताए ।

यसैगरी कार्यक्रममा संङ्गीता लामिछाने महिला सचिव, एनआरएनए एनसीसी अमेरिका, र्यान्सम श्रेष्ठ एनआरएनए मिडिया साझेदार, नमुना गैरे उपाध्यक्ष, एनआरएनए कोलोराडो च्याप्टर, बसन्त लम्साल निवर्तमान अध्यक्ष, नेपाली घर, किरण अधिकारी अध्यक्ष, आईएनएलएस (INLS), उपेन्द्र राना मगर अध्यक्ष मगर समाज अमेरिका कोलोराडो च्याप्टर, सन्तोष गुरुङ, अध्यक्ष तमु धीँ कोलोराडो, नवराज श्रेष्ठ अध्यक्ष जीएनएफए (GNFA) हरि गुरुङ अध्यक्ष रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, बिनोद गुरुङ अध्यक्ष, सीएनवाईसी (CNYC), शङ्कर गुरुङ कोसेली कोलोराडो, भरत अरण, पुष्पा गुरुङ, कान्ति दाहाल, सबिन गौली, सुमन के.सी. लगायतका अतिथीहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सम्पूर्ण प्रायोजकहरूलाई प्रशंसापत्र तथा स्मारिकाका लागि लेख उपलब्ध गराउने लेखकहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। त्यसपछि छ्यडु नृत्य प्रस्तुत गरिएको थियो। संस्थाका अध्यक्षले प्रमुख अतिथि महामहिम शरदराज आरनलाई मायाको चिनो प्रदान गरेका थिए ।

उद्घाटन सत्र पछि Election Committee Chair Tou Bbahadur Kromchhein Tamu को अध्यक्षतामा बन्द सत्र सुरु भएको थियो। संस्थाका अध्यक्षले आफ्नो कार्यकालप्रति सहयोग पुर्‍याउने सम्पूर्ण कार्यसमिति, सल्लाहकार, सदस्य तथा सहयोगीहरूप्रति धन्यवाद ज्ञापन गर्दै पुरानो कार्यसमिति विघटन भएको घोषणा गरेका थिए । भने 2nd Vice President Santosh Kromchhein Tamu ले 2023–2026 कार्यकालका प्रमुख उपलब्धि तथा संस्थागत प्रगतिबारे संक्षिप्त प्रस्तुति दिएका थिए ।

त्यसपछि निर्वाचन समितिका सदस्य Min Bahadur Kromchhein Tamu ले निर्वाचन प्रक्रिया सञ्चालन गरी संन्तोष क्रम्छेन तामु अध्यक्षतामा ११ सदस्सिय नयाँ कार्यसमितीको नाम घोषणा गरेका थिए जसमा अध्यक्ष सन्तोष क्रम्छेन तामु, तत्कालीन निवर्तमान अध्यक्ष चक्र क्रम्छेन तामु, उपाध्यक्ष सपना लेम तामु, महासचिव शंकर ङ्रोमेइन तामु, संयुक्त सचिव जो बी. पाहच्यु तामु, कोषाध्यक्ष विनोद तु क्लेहप्री तामु, जनसम्पर्क तथा समुदाय सहभागिता संयोजक चन्द्र ल्हेगे तामु,युवा तथा खेलकुद संयोजक कैलाश क्रम्छेन तामु, धार्मिक मामिला संयोजक (खेगी विभाग) तोउ बी. क्रम्छेन तामु, सांस्कृतिक मामिला संयोजक अनिशा तामु बोर्ड अध्यक्ष सुश्री दिपा तामु को नाम घोषणा गरेका थिए । भेलाले सबै पदाधिकारीको नाम सर्वसम्मत तरिकाबाट समर्थन गरेको थियो । Election Committee Chair Tou Bahadur नवनिर्वाचित पदाधिकारीहरूलाइ शपथ ग्रहण गराएका थिए।

कार्यक्रममा नवनिर्वाचित President Santosh Kromchhein Tamu ले आफ्नो मन्तव्यका क्रममा Short-term Goals तथा Long-term Goals प्रोजेक्टर स्लाइडमार्फत प्रस्तुत गर्दै संस्थाको भावी कार्ययोजना सार्वजनिक गरेका थिए ।

अन्त्यमा Election Committee Chair Tou Bahadur Kromchhein Tamu ले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै बन्द सत्र तथा औपचारिक कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए । कार्यक्रम समापनपछि सहभागीहरूबीच Floor Dance आयोजना गरी आपसी भेटघाट, शुभकामना आदानप्रदान तथा उल्लासपूर्ण वातावरणमा दिनभरिको कार्यक्रम समापन गरिएको थियो।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया