अमेरिकामा नेवा: संस्कृति कयेता पूजा ( सामुहिक ब्रतबन्ध )

इनेप्लिज २०८३ असार १७ गते १:२८ मा प्रकाशित

वाशिंगटन डिसी – नेवा: अर्गनाईजेशन अफ् अमेरिका ( NOA ) को आयोजनामा अमेरिकामा नेवा: बालकहरूको “ कयेता पूजा ( सामुहिक ब्रतबन्ध ) गराईएको खबर छ ।

राजधानी वाशिंगटन डिसी नजिकै म्यारिल्यॉण्डको वाशिंगटन काली टेम्पलमा यही जुन २८ आईतबारका दिन आयोजना गरिएको नेवा: बालकहरूको कयेता पूजामा भर्जिनिया , म्यारिल्यॉण्ड , पेन्सिलभानिया , न्युजर्सी , न्युयोर्क राज्यहरूमा बसोबास गर्ने ९ जना नेवा: बालकहरूलाई नेवा: संस्कृति को बिधिपूर्बक दिनभरी पूजा गरेर वर्ल्ड नेवा: अर्गनाईजेशन अमेरिकाका अध्यक्ष नेवा: संस्कृतिका प्राज्ञ ( नेवा: पुरोहित ) बासव राजोपाध्यायले बालकहरूको कयेता पूजा ( सामुहिक ब्रतबन्ध ) गराएका थिए ।

दिनभरीको पूजा सकिएपछी दिवाकर धौमडेल लगायतको समुहले धिमे बाजा बजाउंदै मन्दिर परिक्रमा गर्दा नेपालकै झल्को महसुश भएको थियो ।

नेपालबाट बच्चामै अमेरिका आएका र अमेरिकामै जन्मेका नेवा: बालकहरूको बिगत १४ बर्ष देखि हरेक बर्ष NOA को आयोजनामा कयेता पूजा ( सामुहिक ब्रतबन्ध ) को कार्यक्रम आयोजना गर्ने गरेर NOA ले सात समुन्द्र पारी पनि नेपालकै नेवा: संस्कृतिको जगेर्ना गर्ने गरेको छ NOA का पूर्ब अध्यक्ष रामलाल श्रेस्ठले जानाकारी गराए ।

दिनभरीको पूजा सकिएपछी , कार्यक्रमको अन्तमा आयोजक नेवा: अर्नाईजेशन अफ् अमेरिका ( NOA ) का अध्यक्ष राजेशलाल श्रेस्ठले नेवापुरोहित , ब्रतबन्ध गरेका बालकहरू , अभिबाहकहरू र उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

प्रतिक्रिया