
पाँच पटकको विश्व बिजेता(च्याम्पियन )ब्राजिलले कडा टक्कर दिएको जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको आफ्नो स्थान सुरक्षित गरेको छ।
मध्यान्तर अगाडी जापानले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै १-० को अग्रता लिएको थियो। जापानी खेलाडीहरूको फुर्तिलो र अनुशासित खेलले विश्व भकुन्डोका दिग्गज ब्राजिललाई निकै दबाबमा राखेको थियो।
तर, मध्यान्तर पछि ब्राजिलले आफ्नो आक्रामक शैली परिवर्तन गर्यो। खेलको ७५ औं मिनेटमा ब्राजिलले बराबरी गोल फर्काएपछि खेलले नयाँ मोड लियो। त्यसपछि दुवै टोलीले जितका लागि निकै प्रयास गरे। खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा ब्राजिलले दोस्रो गोल गर्दै २-१ को अग्रता लियो।

जापानका खेलाडीहरूको खेल निकै प्रशंसायोग्य रह्यो, तर अन्तिम समयको त्यो गोलले ब्राजिललाई जित दिलायो।
यो हारसँगै जापानको विश्वकप यात्रा समाप्त भएको छ भने ब्राजिलले उपाधि नजिक एक कदम अघि बढेको छ।

प्रतिक्रिया