अनेसास केन्द्रिय कार्यसमिति सचिव पदमा ऋषभदेव घिमिरेको उम्मेदवारी

इनेप्लिज २०८३ असार १४ गते १२:१३ मा प्रकाशित

भाषा, साहित्य, कला तथा संस्कृतिका मूर्द्धन्य साधकहरू
अनेसासका सम्पूर्ण आजीवन सदस्यहरू सबैमा
साहित्यिक अभिवादन ।

भाषा, साहित्य र संस्कृति हाम्रो स्वाभिमान !
सुगंठित, सुदृढ़ र समृद्ध अनेसास हाम्रो अभियान !!


🌺 🌸 🌺 🌸
हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको २०२६–२०२८ कार्यकालको संघारमा छौँ। आगामी दुई वर्ष भित्र संस्थाले नेपाली भाषा, साहित्य, कला र सांस्कृतिको क्षेत्रमा थप र रचनात्मक काम गर्नु छ । हामीले संस्थागत उद्देश्य र उपलब्धि हासिल गर्नका निमित्त एकताबद्ध, गतिशील तथा सामूहिक भावनाका साथ अगाड़ी बढ्नु पर्ने छ ।

अनेसासको वृहत्तर विकास, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन एवं विश्वव्यापिकरण हाम्रो लक्ष्य र प्राथमिकता हो । सवल, सक्षम र समय सामेक्ष संस्थागत विकासका लागि अनेसासका तमाम व्यक्तित्व तथा स्रष्टा -सर्जकको योगदान र भूमिका सधैका लागि अपरिहार्य छ । अग्रजका अनुभवहरू वर्तमान र भविष्यका निमित्त मार्गदर्शन हुन भन्ने मान्यतालाई सबैले आत्मसात् गरौँ ।

अनेसासले थुप्रै लक्ष्य र उपलब्धि हासिल गरिसकेको छ महत्वपूर्ण कार्यहरूले पूर्णता पाउन अझै हीमीले थप र रचनात्मक कार्य गर्नु पर्नेछ ।

यसै सन्दर्रमा संस्थागत रुपमा प्राप्त असल अनुभवलाई अनेसासको हित र विकासमा समुचित सदुपयोग गर्नु र गराउँनु हामी सबैको दायित्व एवं कर्तव्य रहन्छ ।
अनेसासलाई स्थिर, सुदृढ र परिणाममुखी बनाउन र विगतका योजनाहरूलाई सार्थक बनाउँदै नयाँ आयाम निर्माण गर्नु मेरो पनि कर्तव्य र जिम्मेवारी हो । हामीले भविष्यका लागि चिरस्थायी हुने केहि नविनतम योजना तर्जुमा गर्नु पर्ने छ । यसका निमित्त अनेसासको केन्द्रिय संरचनामा रहेर मलाई पनि काम गर्ने उर्जा, संकल्प र उत्प्रेरणा प्राप्त भएकोको छ । आसन्न निर्वाचनमा

म सचिव पदका निमित्त आकांक्षी भएको छु । आशा छ मेरो सदिच्छाका निमित्त यहाँहरुको अमूल्य सहयोग रहने छ ।

मेरो चाहना र अपेक्षा यो पनि छ कि, यस पटकको निर्वाचन सर्वसम्मत होस । मेरो लगायत बहुसख्यकको चाहना पनि हो यो । उपयुक्त पदका लागि उपयुक्त पात्रका निमित्त गृहकार्य गरेर सर्वसम्मतिको वातावरण बनाउन लागि परौं । सहमति र सहकार्यको बाटो रोजौं ।

जय भाषा ! जय साहित्य !!

ऋषभदेव घिमिरे

[email protected]

ऋषभदेव घिमिरेको फेसबुक बाट

प्रतिक्रिया