
मध्यपूर्वमा जारी विनाशकारी युद्धलाई सधैँका लागि अन्त्य गर्ने एउटा ठूलो र ऐतिहासिक प्रयास सुरु भएको छ।
अमेरिका र इरानबीच स्थायी शान्ति सम्झौता गराउन मध्यस्थता )गरिरहेको मित्रराष्ट्र पाकिस्तानका अधिकारीहरूसँग छलफल गर्न इरानी राष्ट्रपति मसउद पेजेस्कियान मंगलबार कडा सुरक्षाका बिच पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन्।
सन् २०२५ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको यस भीषण युद्धका बिच इरानी राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण हो। इस्लामावाद विमानस्थलमा उनलाई पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज सरिफले अँगालो हालेर भव्य स्वागत गरे।
यो भ्रमण यस्तो समयमा भएको छ, जहाँ स्विट्जरल्यान्डमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाघर कलिबाफबिच उच्च स्तरीय वार्ता भइसकेको छ ।
र ,दुवै देशका प्राविधिक टोलीहरू सम्झौताको अन्तिम रूप तयार पार्न दिनरात खटिएका छन्। यस ६० दिने कूटनीतिक प्रक्रियामा मुख्य गरी तेल ओसारपसार गर्ने महत्त्वपूर्ण सामुद्रिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ हर्मुज जलडमरुलाई खुला राख्ने र युद्ध रोक्ने विषयमा छलफल भइरहेको छ।
एपीका अनुसार तर, यो शान्ति प्रयासका बिच केही अन्योल र चुनौतीहरू पनि थपिएका छन्। अमेरिकाले इरानका आणविक केन्द्रहरूमा अन्तर्राष्ट्रिय टोलीलाई जाँच गर्न दिने सहमति भएको बताए पनि इरानले त्यसको खण्डन गरेको छ।
अर्कोतर्फ, लेबनानमा दुई दिनको युद्धविराम पछि इजरायली सेनाको गोलीबारीबाट फेरि दुई जनाको मृत्यु भएको छ। लेबनानमा पूर्ण रूपमा युद्ध रोकियोस् भन्ने इरानको सर्त रहेकाले यो नयाँ हिंसाले शान्ति वार्तालाई फेरि संकटमा पार्न सक्ने खतरा बढेको छ।
प्रतिक्रिया