सत्यको जित, शक्तिको पतन: रवि लामिछानेलाई सिध्याउन खोज्दा देउबा ,ओली ,गगन ,आरजुको हरि बिजोग ,साम्राज्य सखाप

विजय थापा २०८३ असार ४ गते १:३० मा प्रकाशित

समयको चक्र र जनताको शक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालको हालैको राजनीतिले प्रमाणित गरिदिएको छ। विगत ३५ वर्षदेखि देशमा राज गर्दै आएका पुराना दलका शक्तिशाली नेताहरू अपदस्त पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, आरजु राणा र गगन थापा—जसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राजनीतिक जीवनलाई जरैदेखि उखेलेर फाल्ने कसम खाएका थिए, आज उनीहरू आफैँ इतिहासको पानाबाट हराउने अवस्थामा पुगेका छन्। उनीहरु आफ्नै आन्तरिक बिबादमा चरम रुपमा फसेका छन् ।

कुनै प्रमाण बिना, केवल राजनीतिक प्रतिशोधका आधारमा रवि लामिछानेलाई ९ महिनासम्म कारागारमा सडाउने षड्यन्त्र रचिएको थियो। अनेक मुद्धा लगाए । अहिले रबि लामिछाने बिरुद्ध यिनै भ्रष्ट नेताहरुले लगाएको मुद्धा एक पछि अर्को गरि अदालतले रबिलाई सफाई दिदै छ ।

तर, “सत्यलाई दबाउन सकिन्छ, सिध्याउन सकिँदैन” भनेझैँ जनता सडकमा उत्रिए। अन्यायविरुद्ध सुरु भएको ऐतिहासिक ‘जेन-जी’ युवा आन्दोलनले देशमा ठूलो परिवर्तन ल्यायो। देश बदल्ने यो महान् लडाइँमा ७६ जना वीर नेपाली युवाहरूले आफ्नो रगत बगाए, शहादत प्राप्त गरे। ती सहिदहरूको रगत र जनताको आक्रोशले अन्ततः फागुन २१ को निर्वाचनमा चमत्कार गरिदियो। जनताले पुराना दलहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै रास्वपालाई १८२ सिटको ऐतिहासिक बहुमत सुम्पिए।

आरजुको सत्ता र देउवाको पतन :

५ पटक प्रधानमन्त्री भएका देउबा बेपत्ता छन् । रबि लामिछानेलाई सिध्याउने खेलको पर्दापछाडिकी मुख्य खेलाडी आरजु राणा थिइन्। उनले आफ्नो सम्पूर्ण शक्ति रवि विरुद्ध प्रयोग गरिन्, तर आज समयले उनकै साम्राज्य ध्वस्त पारिदिएको छ। सन् २०२५ को सेप्टेम्बरमा आक्रोशित युवाहरूले बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी गर्दा, त्यहाँ अरबौँ रुपैयाँका सक्कली नोटका टुक्राहरू ३ दिनसम्म जलिरहेको दृश्य विश्वले देख्यो। सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेपछि गत ७ अप्रिल २०२६ मा काठमाडौँ अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो। आरजुले आफ्ना पति शेरबहादुर देउवालाई मात्र होइन, आफ्ना छोरालाई समेत भ्रष्टाचारको दलदलमा फसाइन्। उनका छोराको नाममा मात्रै ७० भन्दा बढी ठाउँमा अवैध घडेरी र जग्गा फेला परेका छन्।

५ पटकसम्म देशको प्रधानमन्त्री बनेका शेरबहादुर देउवा आज कानुनी कठघराबाट बच्न हङकङ र सिंगापुरमा फरार छन्। हालै १५ जुन २०२६ मा ७.६६ अर्बको ई-पासपोर्ट(बिधुतिय राहदानी) घोटाला काण्डमा राहदानी विभागका महानिर्देशक पक्राउ परेपछि देउवा दम्पतीको अर्को बदमासी पनि बाहिर आएको छ। सरकारी बिदाको दिन कार्यालय खोल्न लगाएर फरार देउवा र आरजुका लागि कूटनीतिक राहदानी बनाइएको रहस्य खुलेको छ।

७ अर्बको घोटालाको सवाल छ । अब गृहमन्त्री सुदन गुरुङले सबै फाईल खोल्ने भने पछि र त्यसमा काम गरि रहेकोले सबैजना थुरुरु भएका छन् । राणा र देउबा ,ओली र गगनले आफैले गरेको कर्मको फल उनीहरुले पाउने पक्का छ । यता गगन आफ्नै इतर पक्षको घेराउमा परेका छन् । काग्रेस दुई भागमा टुक्रिएको छ । झन् झन् चिरिदै छ ।

चौतर्फी घेराबन्दीमा परेपछि, १७ जुन २०२६ मा देउवा दम्पतीले हङकङबाट ‘हामी भगाडा होइनौँ’ भन्दै आगामी सावनको अन्त्य तिर नेपाल फर्किने प्रतिबद्धतासहितको पत्र पठाउन बाध्य भएका छन्।

वाइडबडी विमान खरिद, ललिता निवास, र नक्कली भुटानी शरणार्थी जस्ता ठूला घोटालामा मुछिएका यी शासकहरूको आज राजनीतिक पत्तासाफ भएको छ। निर्दोषलाई फसाउन खोज्नेहरू आज आफैँ इतिहासकै महाभ्रष्ट र नैतिकहीन नेताका रूपमा पतन भएका छन्। रबि लामिछानेलाई यिनीहरुले गरेको पाप धुरीबाट कराई रहेको छ । आफ्नै देश आउन नसक्नु देउबा र राणा आउने बित्तिकै पक्राउ पर्ने सम्भावना बढेर आएको छ ।

यो नेपाली जनताको रगत, पसिना र सत्यको ऐतिहासिक जित हो।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया