विश्वकप भकुण्डो २०२६: इंग्ल्यान्डको सानदार सुरुवात, क्रोएसियामाथि ४-२ को रोमान्चक जित

इनेप्लिज २०८३ असार ३ गते २२:१६ मा प्रकाशित

फिफा विश्वकप भकुण्डो २०२६ अन्तर्गत समूह ‘एल ‘ को एक निकै रोमाञ्चक र प्रतिस्प्रद्धात्मक खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको टेक्सस राज्यको ड्यालस रंगशालामा भएको यो खेल दुवै बलिया टोलीहरूबीचको निकै प्रतिस्पर्धात्मक टक्कर थियो। यस जितसँगै इंग्ल्यान्डले सन् २०१८ को विश्वकप सेमिफाइनलमा क्रोएसियासँग बेहोरेको हारको पुरानो बदला पनि लिएको छ।

खेलको सुरुवातदेखि नै दुवै टोलीले एकअर्कालाई कडा टक्कर दिएका थिए। इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले दुईवटा महत्वपूर्ण गोल गरे। उनले पहिलो गोल पेनाल्टीमार्फत दोस्रो प्रयासमा गरे भने, दोस्रो गोल कुना (कर्नर)बाट आएको भकुण्डोलाई उत्कृष्ट टाउद्वारा प्रहार गरे। बीचमा क्रोएसियाका मार्टिन बाटुरिनाले एक कडा प्रहार गर्दै गोल गरेपछि खेल निकै रोचक मोडमा पुगेको थियो।

मध्यान्तर पहिले सकिनै लाग्दा क्रोएसियाका पेटार मुसाले अर्को गोल थपेर खेललाई २-२ को बराबरीमा ल्याए। खेल बराबरीमा रोकिएपछि इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले हाफ-टाइम (मध्यान्तर) मा आफ्ना खेलाडीहरूलाई नयाँ रणनीति सिकाएका थिए।

त्यसपछि दोस्रो चरण सुरु हुनेबित्तिकै इंग्ल्यान्डका खेलाडीहरू मैदानमा आक्रामक रूपमा उत्रिए। जुड बेलिङ्घमले तीव्र गतिमा भकुण्डो अगाडि बढाउँदै एक उत्कृष्ट गोल गरेर इंग्ल्यान्डलाई ३-२ को अग्रता दिलाए। क्रोएसियाका गोलकिपर लिभाकोभिचले इंग्ल्यान्डका धेरै प्रहारहरूलाई रोकेका थिए, तर खेलको अन्तिम समयतिर मार्कस रासफोर्डले अर्को एक गोल थपेर इंग्ल्यान्डको जित निश्चित गरे।

खेलको अन्तिम मिनेटहरूमा क्रोएसियाले गोल फर्काउने प्रयास गरे पनि इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड र रक्षापङ्क्तिका खेलाडीहरूले उनीहरूलाई रोकिदिए। खेल सकिँदा इंग्ल्यान्ड ४-२ ले विजयी भयो। यो जितसँगै इंग्ल्यान्ड समूह ‘एल’ को शीर्ष स्थानमा पुगेको छ। यसै समूहमा रहेका पानामा र घानाबीचको खेल पनि केही समयपछि टोरोन्टोमा हुँदैछ।

प्रतिक्रिया