टोरोन्टोमा रोमाञ्चक फाइनल: भर्जिनिया राइनोजको ऐतिहासिक सफलता , ५,००० क्यानाडियन डलर नगद पुरस्कार

इनेप्लिज २०८३ असार १ गते २१:५४ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा आधारित नेपाली समुदायको चर्चित फुटबल क्लब भर्जिनिया राइनोज (VA Rhinos) ले क्यानडामा आयोजित तेस्रो हिमालयन डायनामोज–बल्टी सकर प्रतियोगिता को उपाधि जित्दै नेपाली समुदायका लागि अर्को गौरवपूर्ण इतिहास रचेको छ। क्यानडा र अमेरिकाका आठ उत्कृष्ट टोलीबीच भएको प्रतिस्पर्धात्मक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै भर्जिनिया राइनोज च्याम्पियन बन्न सफल भएको हो।

फाइनल खेलमा अनुशासित, संगठित र उत्कृष्ट टिमवर्क प्रस्तुत गर्दै भर्जिनिया राइनोजले उपाधि आफ्नो नाम गर्यो भने टीएनएससी टोरोन्टो उपविजेतामा सीमित रह्यो। प्रतियोगिताका विजेता भर्जिनिया राइनोजले ५ हजार क्यानाडियन डलर नगद, ट्रफी तथा पदक प्राप्त गर्यो भने उपविजेता टोलीले २ हजार ५ सय क्यानाडियन डलर नगदसहित पदक प्राप्त गर्यो।

प्रतियोगिताभर भर्जिनिया राइनोजका खेलाडीहरूले उच्च स्तरको खेल प्रदर्शन गरे। व्यक्तिगत पुरस्कारतर्फ टोलीका विज्ञान श्रेष्ठ उत्कृष्ट रक्षक घोषित भए भने राजीव श्रेष्ठ उत्कृष्ट गोलरक्षक बन्न सफल भए। त्यस्तै ज्याक्सन सुमित सुनुवार प्रतियोगिताकै उत्कृष्ट खेलाडी (MVP) घोषित भए। यी उपलब्धिहरूले भर्जिनिया राइनोजको सामूहिक क्षमता, अनुभव र समर्पणलाई थप प्रमाणित गरेको छ।

प्रतियोगिताको उद्घाटन क्यानडाका लागि नेपालका राजदूत भरतराज पौडेल, ब्राम्टन वेस्टका सांसद अमरजीत गिल तथा ब्राम्टनका मेयर प्याट्रिक ब्राउनले गर्नुभएको थियो। उहाँहरूले खेलकुदले नेपाली समुदायलाई एकताबद्ध बनाउने, आपसी सम्बन्धलाई मजबुत बनाउने तथा नयाँ पुस्तालाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभएको थियो।

च्याम्पियन टोली

भर्जिनिया राइनोजको विजयी टोलीमा निम्न खेलाडीहरू सहभागी थिए:

अनिश चौहान

अर्जुन बोगटी

विज्ञान श्रेष्ठ,

ज्याक्सन सुमित सुनुवार

प्रदीप घर्ती

रबिन राई

राजीव श्रेष्ठ

राजु तामाङ

रामचन्द्र आचार्य

सञ्जीव ढकाल

सन्तोष कटवाल

सरोज थापा

सुभाष कुमार पाठक

सुधीर सिंह

मधु राम केसी

माधव गौतम

सुरज गुरुङ

उमेश गिरी।

टोलीको व्यवस्थापनको जिम्मेवारी राज कार्कीले सफलतापूर्वक निर्वाह गर्नुभएको थियो।

सहयोगी तथा प्रायोजकप्रति आभार

भर्जिनिया राइनोज परिवारले यो ऐतिहासिक सफलता हासिल गर्न सहयोग पुर्‍याउने सम्पूर्ण समर्थक, शुभेच्छुक, प्रायोजक तथा नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेको छ।

विशेष धन्यवाद:

  • NRN NCC USA
  • युनिटी फ्यामिली तथा रियल्टर आशीष सान्ग्रोला
  • रियल्टर मधु राम केसी
  • रियल्टर विशाल कार्की
  • रियल्टर गणेश पाण्डे
  • हाम्रो ट्याक्स एन्ड एकाउन्टिङका भरत सुबेदी
  • Mount Everest Heating & Cooling
  • लोन अफिसर विनोद बस्ताकोटी
  • जर्सी स्पोन्सर तथा NRN NCC USA का बोर्ड अफ डाइरेक्टर माधव गौतम

विशेष रूपमा माधव गौतमज्यूप्रति टोलीले हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गरेको छ। उहाँको प्रायोजनमा तयार गरिएको जर्सी लगाएर भर्जिनिया राइनोज लगातार दुई पटक च्याम्पियन बन्न सफल भएको छ। उहाँको सहयोग, विश्वास र खेलप्रेमले टोलीलाई निरन्तर प्रेरणा प्रदान गरेको टोलीले जनाएको छ।

त्यसैगरी प्रतियोगिताको सफल आयोजनाका लागि हिमालयन डायनामोज, सम्पूर्ण आयोजक समिति, स्वयंसेवकहरू, प्रायोजकहरू तथा प्रतियोगितालाई भव्य र सफल बनाउन योगदान दिने सम्पूर्ण महानुभावहरूप्रति पनि भर्जिनिया राइनोज परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

भर्जिनिया समुदायको गौरव

भर्जिनिया राइनोजका अनुसार यो सफलता केवल एउटा फुटबल प्रतियोगिताको उपाधि मात्र नभई सम्पूर्ण भर्जिनियावासी नेपाली समुदायको गौरव र सम्मानको विषय हो। भर्जिनियादेखि क्यानडासम्म यात्रा गरी नेपाली समुदायको प्रतिनिधित्व गर्दै ट्रफी जितेर घर फर्किनु सम्पूर्ण समुदायका लागि गर्वको क्षण बनेको छ।

टोलीले यस सफलताको श्रेय खेलाडीहरू, खेलाडीका परिवार, समर्थक, शुभेच्छुक, प्रायोजक तथा पर्दा पछाडि रहेर सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई दिएको छ। परिवारको साथ, समुदायको विश्वास र समर्थकहरूको हौसलाबिना यस्तो उपलब्धि सम्भव नहुने टोलीको भनाइ छ।

भर्जिनिया राइनोज परिवारले भविष्यमा पनि यस्तै माया, साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गरेको छ।

“तपाईंहरू हाम्रो शक्ति मात्र होइन, हाम्रो प्रेरणा र मार्गदर्शक पनि हुनुहुन्छ। तपाईंहरूको निरन्तर साथ, विश्वास र समर्थनका कारण नै हामीले यो गौरवपूर्ण सफलता हासिल गर्न सकेका हौं। सम्पूर्ण खेलाडीहरू, परिवारजन, समर्थक, प्रायोजक तथा नेपाली समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।”

भर्जिनिया राइनोज विगत केही वर्षयता अमेरिकामा नेपाली समुदायबीच सफल र सम्मानित फुटबल क्लबका रूपमा परिचित रहँदै आएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीले निरन्तर सफलता हासिल गर्दै आइरहेको छ।

सम्पूर्ण खेलाडी, परिवार, समर्थक, प्रायोजक तथा नेपाली समुदायलाई यो ऐतिहासिक सफलताको हार्दिक बधाई।

प्रतिक्रिया