
आधुनिक राष्ट्र राज्य निर्माण गर्दाका सिमा रेखा प्राय रगतले कोरिएका हुन्छन । कहिले फैलने र कहिले खुम्चने ईतिहास रहेको नेपाल लाई आधुनिक स्वरुपमा ल्याउने काम को जग प्रिथिबी नारायण साहले गरेका हुन । उनको यो अभियानमा थुप्रै आन्तरिक र बाह्य चुनौती पनि आईलागेका थिए । त्यसमा पहिलो कान्तिपुरे राजा जयप्रकास मल्लको सहायताको लागि आएको कप्तान किनलोक को अङ्रेजी फौजलाई सिन्धुलीगढिमा बन्सु गुरुङ र बन्सराज पाण्डेको नेत्रित्वको फौजले रगत बगाएर हराउन र फिर्ता पठाउन नसकेको भए बर्तमान नेपालको अस्तित्व बन्न नै पाउने थिएन ।त्यस्तै मकवान पुरे राजा दिघ बन्दन सेन ले मागेको सहायताको लागि बङाली सासक मिर क्वासिम ले सेनापती गुरगिन खान को नेत्रित्वमा पठाएको बिशाल फौजलाई पनि गोर्खाली हरुले हराउन नसकेको भए आधुनिक नेपाल नबन्न सक्थ्यो । यि सबैकुराको बाबजुद गोर्खा पूर्व काठमण्डौ लगायत टीस्टा नदी सम्म नेपाल को सिमाना उनको पालामा पुगेको थियो । उनले थालेको राष्ट्र निर्माण अभियान को २५ बर्षको अनरबत प्रयास पछी काठमण्डौ उपत्यका अधिनमा आएको र यसैलाई देशको राजाधानी तोकेर प्रशासन सुरु भएको हो ।
उनको निधन पछी उनकै छोरा बहादुर साहको नायबी र नेत्रित्वमा गोर्खा पश्चिम बिजय अभियान अघी बढेको थियो । पस्चिममा पाल्पा बलियो राज्य थियो । त्यस्तै जुम्ला र डोटी राज्य हरुले गोर्खाली हरुको निकै दर्हो प्रतिरोध गरेका थिए । अमर सिंह थापाको नेत्रित्वको नेपाली फौज अघी बढ्दै जादा कुमाउ गढवाल काङडा हुँदै पश्चिम सिमा राबी नदिको किनार सम्म पुगेको थियो । जब पाल्पा राज्य पनि नेपाल अधिनस्त भए पछी बुटवल र स्युराजको भुमी लाई लिएर नेपाल र तत्कालिन कहिले घाम नअस्ताउने दर्जा पाएको ब्रिटिश साम्राज्य जसले भारतमा पनि आफ्नो सामराज्य कायम गरेको थियो बिच बिबाद उत्पन्न भयो । जसको कारण सन १८१४ देखी १८१६ सम्म नेपाल र ब्रिटेन बिच युद्ध भयो र नेपाल पराजित भै सुगौली सन्धिमा महाकाली पश्चिम र मेची पूर्वको भु भाग गुमाउन पुग्यो ।
उत्तर तिर तिब्बत सङ सिक्का आपुर्ती नेपाल ले गर्दथ्यो । पछी खोटा सिक्का पठाएको भन्दै तिब्बतले सिक्का नलिने अडान राखे पछी पहिलो नेपाल तिब्बत युद्ध भयो ।दामोदर पाण्डेको नेपाली फौजले तिब्बती हरुलाई हराएर उत्तरि सिमाना केरुङ कुत्ती सम्म पुगेको थियो । उक्त युद्ध पछीको सन्धि पस्चात तिब्बतिले नेपाल लाई वार्षिक ५०००१ बुझाउनु पर्ने भयो र पहिलो बर्ष बुझायो पनि तर दोस्रो बर्ष देखी बुझाउन छोडेकाले पुन युद्ध हुन पुग्यो ।उक्त युद्धको नेत्रित्व नेपाल को तर्फबाट दामोदर पाण्डे अभिमान सिंह बस्न्यात किर्तिमान सिंह बस्न्यात र परशुराम थापा ले गरेका थिए । नेपाली ले तिब्बतिलाई हराउदै उत्तरि सिमा सिगात्से सम्म पुर्याएका थिए । यस पटक तिब्बत ले चाइना सँग सैनिक साहयाता माग्यो ।यस पटक चाइनाको क्विङ राज बन्सले आफ्ना ज्वाँई फुक्कोदान को नेत्रित्वमा फौज पठायो र नेपाली लाई पछी धकेल्दै हालको खासा सम्म ल्याइ पुर्याओ । यस पटक नेपाल वाध्य बनेर बेत्रावती सन्धि गरेर फर्कनु पर्यो ।
उता जुम्लाको खस साम्राज्य बिस्तारको चरम चुलिको समयमा पुगेको बेला यसको सिमाना गण्डकी देखी गढवाल सम्म र उत्तरमा कैलाश मान सरोबर देखी गुंगे सम्म पुगेको थियो ।
जङग बहादुर ले सिमा स्तम्भ गाडी दिए पछी निर्धारण भएको बर्तमान नेपाल भारत को सिमामा दुबै देशले दाबी गर्न नपाउने गरी दश गजाको ब्यबस्था गरिएको छ । सिमाना राजनीतिक तर बसोबास भाषा सन्स्क्रिती नाता सम्बन्ध वारीपारी समान भएको हुँदा जनताको तहमा केही यता उता ओगटिएको कुरा हुन सक्छ ।
वास्तविकता के हो भने तराईका मानव आवादी भएको धेरै सीमावर्ती क्षेत्रहरुमा विगतमा किसानहरूले सीमा स्तम्भ (पिलर) हेरेर खेतिपाती गर्ने चलन थिएन, न त त्यसको आजको जस्तो महत्त्व नै राख्ने गर्थ्यो। नेपाली किसानहरुले पनि पिलर छोडेर दक्षिणतर्फसम्म खनजोत गरे, भारतीय किसानले पनि गरे।
यो दुवै पक्षबाट नियतवश गरिएको भूमि अतिक्रमणभन्दा पनि सीमा स्पष्ट रूपमा निर्धारण नभएको र सीमा स्तम्भको महत्त्वबारे स्थानीयलाई जानकारी नभएको समयदेखि नै रहँदै आएको विषय हो यो।
लामो समयदेखिको यस्तो अव्यवस्थित सिमानालाई व्यवस्थित बनाउन नेपाल र भारत सरकारले सन् १९८१ मा संयुक्त रूपमा Joint Technical Level Boundary Committee (JTC) गठन गरेर पुराना सीमा नक्सा, सीमा स्तम्भ, नदी सीमाना र विवादित क्षेत्रहरूको प्राविधिक अध्ययन गरेर सीमाको वैज्ञानिक नक्साङ्कन गर्ने काम थाले।
यस समितिले सन् १९८१ देखि २००७ सम्म काम गर्यो। त्यस अवधिमा करिब ९८% नेपाल–भारत सीमाको संयुक्त नक्साङ्कन, स्ट्रिप म्याप तयार गर्ने, सीमा स्तम्भ पहिचान तथा मर्मत गर्ने काम सम्पन्न पनि भएको छ भनिएको छ ।
यसो गरिएको भने पनि यहा निर बिर्सन नहुने पाटो के पनि छ भने नेपाल बाट पुर्बी तराइ मा गएको टोली भारतीय टोली लाई नै सम्पूर्ण सिमा निर्धारण गर्ने कामको जिम्मा छोडेर दार्जिलिङ घुमघाम गर्न गएको कुरा आएको थियो भने पश्चिम कंचनपुर तिर गएको नेपाली टोली भारतीय टोली संगै बस्ने खाने र उतैको होटेलमा रात बिताउने कुरा आएको थियो । संयुक्त सिमा निर्धारण मै पनि यस्तो प्रकारको लापर्बाही गैर जिम्मेबारी नेपाली पक्ष बाट भएको थियो । यसरी ९८ % काम गरिएको भने पनि कंचनपुर जिल्लामा भएको सिमा बिबाद हुँदा भारतीय सिमा सुरक्षा बल ले एक नेपाली गोबिन्द गौतमको गोली हानी हत्या गरी दियो । त्यसतै तुइन मार्फत महाकाली नदी तर्दै गर्दा नेपाली जय सिंह धामी लाई भारतीय सिमा सुरक्षा बल ले तुइन काटेर महाकालीमा खसाली दियो । त्यस्तै केही बर्ष अघी सप्तरीको खांडो खोलामा आएको बाढिले डुबान गरे पछी प्रतिरोध गर्दा सिमा बाशी देब नारायण यादब र उनका छोरालाई भारतीय सिमा सुरक्षा बलका जबान ले बाधेर पारी पट्टी लगेर यतना दिएका थिए । उता पट्टी भारतीय सिमा सुरक्षा बल पाच दस मिनेटको दुरिमा उपस्थित छन उनी हरु सिमामा केही पर्ना साथ सिमा बाशिको सहयोगमा आउछन । यता नेपाल तिर पनि सिमा सुरक्षाको लागि ससस्त्र प्रहरी बल तैनाथ त गरिएको छ सिमित पोस्ट हरुमा रहेका र पर्याप्त तालिम हात हतियारको अभावका कारण सिमा समस्यामा तत्काल पुग्न सक्दैनन र पुगे पनि भारतीय पक्षका सँग बिबादमा तर्क र तथ्य राख्न कमजोर देखिन्छन । प्राय भारतीय हरुले सिमाको समानान्तर बाध बाधेका कारण नेपालको तराइका सिमा वर्ती क्षेत्र बर्सेनी डुबानमा पर्ने गरेका छन ।
गण्डकी नदिको धार परिवर्तन ले गर्दा सुस्तामा र महाकाली नदिको उद्द्गम स्थल बिबादले कालापनि सिमा समस्या को कुरा सुल्झन सकेको छैन । एकिक्रित महाकाली सन्धि गर्ने समयमा महाकालीको खास उद्गम स्थान निर्धारण गरिएको भए नेपाल ले आफ्नो अडान राख्न सक्थ्यो । अहिले भारतिय फौज सहित्त बाटो निर्माण र चाइना सँग ब्यापार र कैलाश तिर्थ यत्रि को सम्बन्धमा नेपाल लाई कुनै सरोकार नराखी सम्झौता गरे पस्चात पछील्लो समय समस्या फेरी सतहमा आएको हो ।
यही बारेमा नेपाल को सम्सदमा अकस्मात उपस्थिती जनाएर साम्सदहरु लाई प्रश्न सोध्न लगाएर सिमा सम्बन्धी प्रश्नको जबाफ दिने क्रममा नेपालका प्रधानमन्त्री बालेन साहले भारत ले मात्र होइनकी नेपालले भारतको धेरै ठाउँ जग्गा मिचेको कुरा उल्लेख गरी दिए । बिधी प्रकृया र पूर्वतयारी नागरिकन सबाल जबाफमा उत्रदा उनी देश बिरोधी वाक्य बोल्न पुगे । तर त्यसलाई सच्च्याउने सम्सदको अभिलेखबाट हटाउने वा आफ्नो बोलिको लागि क्ष्यमा याचना गर्ने कुरा सँग मतलब नगरि कार्यकारी प्रधानमन्त्री को जस्तो रबाफ देखाएका छन । बिडम्बना त उनिलाई राम भगवान मान्ने केही बिभीषण हरु चाँही उनले ठीक बोलेको भन्दै जग्गा मिचेको प्रमाण र सत्यापन खोज्न लागि परेका छन । राष्ट्रिय सीमा, सार्वभौमिकता र कूटनीति अत्यन्त संवेदनशील विषय हुन्। यस्ता विषयमा प्रधानमन्त्री, मन्त्री वा कुनै पनि उच्च पदाधिकारीले बोल्दा शब्द छनोटमा विशेष सावधानी आवश्यक हुन्छ। एउटा असावधान अभिव्यक्तिले वर्षौं लगाएर निर्माण गरिएको कूटनीतिक अडानलाई कमजोर बनाउन सक्छ। त्यसैले धेरैले यस्तो भनाइलाई “आत्मघाती” भन्ने गरेका छन्, किनभने यसले बाह्यभन्दा बढी आफ्नै राष्ट्रिय दाबी, हित र भविष्यलाई क्षति पुर्याउने सम्भावना देखिन्छ।
भारतको लोकसभामा सन २००६ को डिसेम्बर छ मा साम्सद महादेव राओ सिवान्करले नेपालले उत्तर प्रदेश र बिहार का गाउ अतिक्रमण गरेको र त्यहाका नागरिक लाई नागरिकता दिएको हो ? भनेर सोधेको प्रश्नमा बिदेश मन्त्री प्रनव मुखर्जी ले सुस्ता र कालापानि मा केही समस्या रहेको भनेर जबाफ दिएका थिए ।
अतिक्रमित भुमी फिर्ता गर्ने प्रयासमा सरकार ले भारत र चाइना दुबै लाई कुटनितिक नोट पठाएको कुरा गरेको छ । यो भन्दा पहिले पनि नेपाल को सम्सद ले पूर्ण सहमतिका साथ नक्सा जारी गर्ने र सम्बिधानको अनुसुचिमा राख्ने कार्य गरेको थियो । प्रधान मन्त्रिले जबाफको क्रममा चाइना र इङ्ल्यान्ड पनि समाबेश गरिने कुरा गरेका थिए । पछी बेलायत सँग ऐतिहासिक कागजात को लागि कुरा भएको भनिएको छ । यहाँ निर दु:खद कुरा के छ भने आफ्नो देशमा भएका यस्ता कागाजात प्रमाण रहेको सरकारी मुख्यालय जेन्जी आन्दोलनको क्रममा अग्निदाह गरी खरानी बनाएको सक्ती नै अहिले सरकारमा छ ।
कतिले यो मामिला अन्तरराष्ट्रिय करण गर्ने साथै अन्तरराष्ट्रिय अदालतमा लानु पर्ने राय दिने गरेका छन । भुटानि सरणार्थि मामिलामा भुटान को भन्दा पनि कमजोर बनेको र समस्या हल गर्न असमर्थ रहेको नेपाली कुट्निती भारत सँग अन्तरराष्ट्रिय तहमा तर्क तथ्य र दाबी पेश गर्न सक्छ भनी ठान्नु केबल स्वैर कल्पना मात्र हुने छ ।जस सँग मिल्ने यस्तो कहावात छ । धनी जमिन्दार र गरीब किसान छिमेकी रहेछन । एक पटक गरीब किसानको खसिले धनीको साग खाइदिए छ । मान्छे भेला गरेर गरीब ले खाएको क्ष्यती तिर्नु पर्ने निर्णय गरे छन । कुनै अर्को समय जमिन्दारको गाइले गरीब किसानको तोरी खाइदिएछ । मान्छे भेला गरेर निर्णय गर्दा गरीब किसान ले उचित बार बन्देज नगरेको कारण गाइले खाएको भएर अब आउने दिनमा दर्हो बार लागाउने सुझाब गरे छन । भारतको लागि जुन समस्या कार्गिल मा थियो त्यसतै समस्या नेपालको लागि कालापनि भएको कुरात्यसतै समस्या नेपालको लागि कालापनि भएको कुरा गर्दै दुई देशिय कुट्निती बाट नै समस्या समाधान गर्नुको बिकल्प छैन ।
प्रतिक्रिया