इरानको चेतावनी: अमेरिकी आक्रमणको बदला लिन निर्णायक प्रहार गर्ने दाबी

इनेप्लिज २०८३ जेठ २८ गते १:४३ मा प्रकाशित

अमेरिकी सेनाको भीषण बमबारीपछि आक्रोशित बनेको इरानले अमेरिकालाई ‘ध्वस्त पार्ने र निर्णायक’ जवाफ दिने प्रतिज्ञाखाएको छ। इरानको सरकारी सञ्चारमाध्यम ‘फार्स न्युज एजेन्सी’ का अनुसार इरानी सेनाले यो आक्रमणको बदला निकै कडा रूपमा लिने चेतावनी दिएको हो।

तनाव बढ्दै जाँदा इरानको विशेष सैन्य दस्ता ‘इस्लामिक रिभोलुस्नरी गार्ड कर्प्स’ले विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक समुद्री बाटोहरूमध्ये एक हर्मुज जलमार्गलाई पूर्ण रूपमा बन्द गरिदिएको दाबी गरेको छ।

इरानी सेनाले सुरक्षाको कारण देखाउँदै तेलका ट्याङ्कर र व्यापारिक जहाजसहित कुनै पनि पानीजहाजलाई अब त्यहाँबाट हिँड्न नदिइने र कसैले उल्लंघन गरेमा सिधै आक्रमण गरिने घोषणा गरेको छ। अमेरिकाले पटक-पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इरानले अर्को सूचना नआएसम्मका लागि यो बाटो बन्द रहने बताएको छ।

तर, अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’ ले भने इरानको यो दाबीलाई झूटो भन्दै अस्वीकार गरेको छ। अमेरिकाले हर्मुज जलमार्ग बन्द नभएको र व्यापारिक जहाजहरू सुरक्षित रूपमा आउने-जाने गरिरहेको बताएको छ।

प्रतिक्रिया